• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाँजा तस्करीको अखडा बन्दै खुला सीमा, मोरङबाट ४ भारतीयसहित पाँच जना पक्राउ

  • वीरगंज संजाल
  • १४ चैत्र २०७९, मंगलवार १४:३७
  • १३६९

    वीरगंज । लागुऔषध गाँजा भारततिर तस्करी गर्ने गिरोहलाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको छ । नेपालमा अवैध हिसाबले उत्पादन हुँदै आएको गाँजा सामूहिक रूपमा भारततिर लैजाँदै गर्दा प्रहरीले फेला पारी गिरोहलाई नियन्त्रणमा लिएको हो । मंगलबार बिहान ठूलो परिणामको गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ जना भारतीय र १ जना नेपाली नागरिक छन् । गिरोहलाई नियन्त्रणमा लिएको प्रहरीले २ सय ३४ किलोग्राम गाँजासमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको टोलीले बिहानका राति १:३० बजेतिर सामूहिक हिसाबले गाँजा ओसारपसार भइरहेको फेला पारेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले गहुँ बारी हुँदै भारततिर कटाउँदै गर्दा ठूलो परिणामको गाँजासहित गिरोहलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको जानकारी दिए ।

    उनका अनुसार पक्राउ पर्नेमा भारत अररियाका ३० वर्षीय सिन्टुककुमार सिंह, २९ वर्षीय दीपक झा, २४ वर्षीय प्रवीण पासवान र विष्णुकान्त मिश्र रहेका छन् । गाँजा ओसारपसारमा संलग्न रंगेली–३ का वीरबहादुर कार्कीलाई पनि पक्राउ गरिएको दाहालले बताए । प्रहरीलाई देख्नासाथ गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । ‘१७ जनाजति व्यक्तिहरु मिलेर गाँजा भारत लैजाँदै गरेको सूचना आएको थियो,’ डीएसपी दाहालले भने, ‘५ जनालाई पक्राउ गरिए पनि अन्य फरार भएका छन् ।’ उनका अनुसार प्लाष्टिकले प्याक गरेर बोरामा राखी गहुँ बारीबाट भारत लैजाँदै गर्दा १५ पोका गाँजा बरामद भएको हो । उनका अनुसार १२ वटा पोकामा १२–१२ किलो र एउटा पोकामा ६ किलो गाँजा फेला परेको छ । २ वटा पोकाबाट भने ८४ किलो बरामद भएको प्रहरीले जनाएको छ ।

    ‘गाँजाका बोरा मान्छेले बोकेरै खेतको बाटो प्रयोग गरी सीमा कटाउँदा रहेछन्,’दाहाल भन्छन्, ‘प्रहरीले फेला पारेर नियन्त्रणमा लिने क्रममा केही व्यक्तिहरु भाग्न सफल भए ।’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले फरार रहेका गाँजा तस्करको खोजी तीव्र पार्न र नेपाल–भारत सीमा क्षेत्रलाई प्रयोग गरेर हुने अवैध धन्दा नियन्त्रणमा लिन मातहतका प्रहरी युनिटलाई निर्देशन दिएका छन् । गाँजासहित पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मद्दा चलाउन प्रहरीले मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार धनकुटा, भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अवैध गाँजा विभिन्न बाटोको प्रयोग गरेर भारततिर तस्करी हुने गरेको छ । नेपालमा भन्दा दोब्बर बढी मूल्य पाइने भएकाले गाँजा भारत कटाउने गरिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑