• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा पनि भाटभटेनी स्टोर्स निर्माण हुँदै

  • वीरगंज संजाल
  • १४ चैत्र २०७९, मंगलवार १२:२३
  • १२३७

    वीरगंज । रामनिवास पटेल । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक सुपर मार्केटको स्थापना हुन लागेको छ । भाटभटेनी मार्केट एण्ड स्टोर्स कम्पनी लिमिटेडले जनकपुरधाममा सुपर मार्केट निर्माण गर्न लागेको छ । २ सय करोड भन्दा माथिको लागतमा निर्माण हुने सो सुपर मार्केट भवन निर्माणको जिम्मा स्पार्क कन्सट्रक्सनलाई दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुरधाम ढल्केवर सडक खण्डमा निर्माणाधीन सो मार्केट आगामी तीन महिना भित्रै सञ्चालनमा आउने भाटभटेनी सुपर मार्केट एण्ड स्टोर्सका क्षेत्रीय प्रमुख विनोद भट्टराईले जानकारी दिए । उनले भने,‘भवन निर्माणको काम एक महिनाभित्रै सकिएर अर्को महिनादेखि डेकोरेशनको काम अगाडि बढाइने र आगामी असार महिनासम्ममा निर्माण काम सम्पन्न भइ सञ्चालन गर्नेछौं ।’ जनकपुरधाममा निर्माण हुन लागेको सो स्टोर्स देशमै २५औं र मधेश प्रदेशमा वीरगञ्जपछिको दोश्रो स्टोर्सको रुपमा रहने बताइएको छ । आर्थिक मन्दीको समयमा सयौं करोड निर्माण कसरी भइरहेको छ भन्ने टुडेकर्मीको प्रश्नमा उनले भने,‘देशमा आर्थिक मन्दी छ तर हाम्रो कम्पनीले विगतमा राम्रो काम गरेर देखाएको छ त्यसैले बैंकहरुले सहजै ऋण दिने गरेको छ ।’व्यापारमा ऋण लगानी गर्न बैंकहरुले आनाकानी गरिरहेको गुनासो आइरहेको बेला भाटभटेनी स्टोर्स निर्माणका लागि भने दर्जनौ बैंकले करोडौ लगानी गर्न तत्परता देखाउने गरेको भट्टराईले दाबी गरे । जनकपुरधाममा निर्माणाधीन रहेको स्टोर्सको परियोजना आर्थिक तरलता आउनु केही अघिबाटै शुरु भएकोले पनि आर्थिक मन्दी भए पनि काम गर्न सजिलो भएको उनले बताए ।

    भाटभटेनीको विगतको सफलता र गतिविधिकै कारण बैंकहरु ऋण लगानी गर्न स्वस्फूर्त रुपमा अग्रसरता देखाएको प्रमुख भट्टराईले बताए । “हामीले अहिले नाफा भन्दा पनि ग्राहकको सेवाका लागि स्टोर निर्माण गर्न लागेका छौं,’भट्टराईले भने । ‘अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ,’यो संकटको बेलामा हामी व्यापारिक रुपमा अघि बढेनौ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले केही समस्याहरुलाई भोग्दै हामीले निर्माण कार्यलाई तीव्रता दिएका छौं।’ उनले स्पष्ट पारे । आयातीत सामान खरिद बिक्रीमा निर्भर रहेको भाटभटेनीको सुपर स्टोर्स सञ्चालनमा आएपछि जनकपुरधामका साना व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने धारणा अर्थशास्त्री डा.भोगेन्द्र झाको छ । ‘उपभोक्ताले दैनिक जीवनयापनमा प्रयोग हुने सबै सामान एकै ठाउँमा पाउने भएपछि सुपर स्टोर्सको व्यवसाय फष्टाउनेछ भने साना व्यवसायीहरुको व्यवसाय प्रभावित हुने सम्भावना छ।’,उनले बताए ।

    स्टोरमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रमुख भट्टराईले जानकारी दिदै रोजगारीमा पनि महिलालाई प्राथमिकतामा राखिने गरिएकोसमेत उनले सुनाए । हाल सम्म भाटभटेनीले ६ हजार भन्दा बढीलाई रोजगारीको अवसर दिएको बताइन्छ । सुपर मार्केटहरुले रोजगारीको दाबी गरे पनि जनकपुरधाम क्षेत्र रेमिटान्स आउने थलो रहेकाले दुई चार सयको रोजगारीको सट्टा वैदेशिक रोजगारीबाट आउने रकम सुपर मार्केटहरुमै जाने भएकोले यसले यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भनेर भन्न नसकिने अर्थशास्त्री डा.सुरेन्द्र लाभले बताए । उनले भने,‘आयातमुखी अर्थतन्त्रले देशको अर्थतन्त्रमा सुधार हुँदैन यसको लागि उत्पादनमुखी व्यवसायलाई टेवा दिनुपर्छ ,बैंकहरुले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु आजको आवश्यकता छ ।’ यता यस प्रकारको व्यवसायहरुमा आर्थिक तरलता भएको बेला ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउनका लागि समेत पहुँचबाला नेताहरुले लगानी गर्ने व्यवसायीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑