पैसा आउँदैनन भनेर समान्य कुरा सबैलाई थाहा छ । टिकटक लाईभ एक बहाना मात्र हो, त्यस अगाडीको डार्क दुनियाँ बेग्लै छ । लाईभमा आउँछु भनेर मलाई गिफ्ट गर्नु भनेर आग्रह गर्ने युवतिहरु प्रायः ईमो, व्हाट्सएप, मेसेन्जर मार्फत यौन प्यास मेटाउने गर्छिन् । परिवारको लागि कमाउन विदेशिएका युवाहरुको यौन प्यास मेटाउने एक माध्यमको रुपमा बनेको छ टिकटक लाईभ र टिकटोकिया युवतिहरु ।
टिकटोकबाट कमाउनु राम्रो । अहिले प्रविधिको युग छ, प्रविधिसँगै हिडनु अति राम्रो पनि । तर, यसको दुरुपयोग गरी कमाउने धनले धन त बढछ मान मर्यादा, ईज्जत प्रतिष्ठा यूजर्सको मात्र होईन् उनको परिवारको पनि जाने गरेको छ ।
टिकटकमा सँस्कारी देखिनहरु प्रायः वेश्यावृतिमा
टिकटोक लाईभमा आएर दर्जनौ नक्कली फिल्टर लगाएर युवाहरुलाई लोभ्याउने युवतिहरुको असलीयत फेरी बेग्लै छ । बाहिरि आवरणलाई मात्र मन पराउने जेनेरेशनहरुले नक्कली फिल्टरमा ठगिदै गएको छ । परिवार भोक टार्दै गएको छ कमाउनेहरु टिकटक बेश्यालयमा पैसा उडाउँदै गएको छ ।
अनुहारमा दर्जनभन्दा बढी डिजिटल फिल्टर लगाएर कृतिम बाहिरी सुन्दरी देखिने चक्करमा ईज्जत प्रतिष्ठा बेच्न थालेकी हुन् । धेरै यस्तो टिकटोक प्रयोगकर्ता युवतिहरु छिन् जसको अश्लिल भिडियो अभै आउट भएको छैनन तर, उनीहरु टिकटकमा सँस्कार परोसी रहेका हुन्छिन् । भित्री उनीहरुको दुनियाँ बेग्लै छन् ।
नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेच्न तयार
टिकटोक, ईन्स्टा रिल्समा, फेसबुक रिल्समा नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेचनेहरुको सँख्या दिनानुदिन बढदै गएको छ । यसमा मात्र युवति, किशोरीहरु होइनन किशोर, युवाहरु पनि उस्तै देखिएका छन् । सस्तो लोकप्रियताको प्रतियोगितामा जो जति नाँगो हुन सके, जति ईज्जत बेच्न सके उ उतिकै चर्चित र स्वघोषित स्टार । जति पनि टिकटोक यूजर्स छन् सबैले आफूलाई टिकटोक स्टार ठान्छन् । तर, उनीहरुको भित्री दुनियाँ– वेश्यावृति ।काशिन्द्र कुमार शर्मा ।
(टिकटोकमा देखिएको वर्तमान प्रवृति र अनुसन्धानको आधारमा)