सप्तरी । दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ ।
मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो । उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई कुटपिट गरेपछी २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छिन ।
गर्भ तुहिएको सम्बन्धि मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारिरीक र मानसकि यातना मात्र होइन । घरमा खान लाउन पनि नदिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नू परेको पीडा उल्लेख गरेकी छिन ।
अनुसार विवाह सम्पन्न भएको थियो । तर, थप दाईजोको मागका लागी आरती र माईती पक्षलाई दवाव बढाँउदै लगेपछी आन्तरिक कलह बढ्दै गएको थियो ।