वीरगंज । सब डिबिजन बन कार्यालय बडनिहारको बन क्षेत्र बाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा प्रहरीले चार थान सालको गोलिया बरामद गरेको छ ।
बडनिहार प्रहरी चौकिका इन्चार्ज देबेन्द्र गिरिको नेतृत्वमा खटेको प्रहरी टोलिले तस्कर हरुले रातको समयमा जङ्गल बाट सालको रुख कटान गरि साईकलमा तस्कर हरुले ल्याउदै गरेको अवस्थामा पर्साको पर्सागढि नगरपालिका वडा न ३ कटहरिया गाउँ नजिक बाट चार थान सालको गोलिया र चारथान साईकल बरामद गरेको र तस्कर हरु प्रहरी लाई देखि फरार भएको गिरिले बताएका छन ।
बरामद भएको काठ र साईकल बडनिहार प्रहरी चौकिमा राखिएको छ ।तस्कर हरुले चोरी तस्करी गरि ल्यायको काठ जँगल नजिकै रहेका चिरान मिल तथा फर्निचरमा महङ्गो मुल्यमा बिक्री गर्ने गरेका छन ।