• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुखुरा फार्मको दुर्गन्ध र झिँगा आतंकले पाँच गाउँ महामारीको जोखिममा

  • वीरगंज संजाल
  • १२ चैत्र २०७९, आईतवार १६:५०
  • १०५३

    वीरगंज । नाबालक छोराले खाइरहेको खानाको थालभरि भन्किरहेका झिँगा देखाउँदै कुन्दन देवीले भनिन्,‘ मुर्गा फारम (कुखुरा फार्म ) को दुर्गन्ध र झिँगाले बसिखानु छैन, खानामै झिँगा आएर बस्छ, त्यही खाना सबैले खानुपर्ने बाध्यता छ, त्यसैले बालबच्चा बिरामी परिरहन्छन् ,अझ त्यसमा सुलीको दुर्गन्ध चौबिसै घण्टा आइरहन्छ, श्वास फेर्नै उकुसमुकुस हुन्छ। पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ गादीमा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको शिवम् लेयर्स फार्म प्रालिको दुर्गन्ध र झिँगा आतंकबाट कुन्दन देवी जस्तै ५ वस्तीका १० हजारभन्दा बढी स्थानीय पीडित छन्। फार्मले दिएको पीडा थप्दै कुन्दनदेवी भन्छिन् ,‘ कुखुरा फार्मको दुर्गन्ध र झिँगाको आतंकले छोरीचेली पनि माइत आउन छाडिसके, कहिलेकाही आइहाले पनि सन्चो बिसन्चो सोधेर फर्की हाल्छन्, माइतीमा एक रात बास बस्न पनि मान्दैनन्।

    गादीमा सञ्चालित उक्त कुखुरा फार्मले कुखुराको सुली, मरेका कुखुरा र अन्य फोहोरको व्यवस्थापन नगरिदिँदा त्यसको दुर्गन्ध र झिँगाको आतंकले वडा नम्बर २ र ३ का करिब १ हजार घरपरिवारको दैनिकी विगत ६ वर्षदेखि कष्टकर बन्न पुगेको छ। दुर्गन्ध र झिँगा प्रकोपका कारण वडा नम्बर २ र ३ का पाँच वटा वस्ती महामारीको उच्च जोखिममा छन्। गादीकी स्थानीय हरिमाया थरुनी भन्छिन्, ‘फार्म खुलेको एक दुइ महिना पछि नै दुर्गन्ध र झिँगाको प्रकोपले गाउँमा बसिखानु भएको छैन, अरू त परैको कुरा झिँगाको आतंकले झुल भित्र बसेर खाना खानुपर्छ, दुर्गन्धका कारण सफा श्वास लिएको पनि वर्षौ भइसक्यो। हामीलाई बाँच्न दिने हो भने कि त दुर्गन्ध र झिँगाबाट मुक्ति दिनुपर्‍यो कि त यो फार्म गाउँबाट हटाइ नै दिनुपर्‍यो।’

    कुखुरा फार्मको दुर्गन्ध र झिँगा आतंकबाट पीडित स्थानीयले पटक पटक गुनासो गर्दै आइरहेको भए पनि फार्म सञ्चालकले समस्या सामधान गर्नुको सट्टा धाकधम्की दिएर गाउँलेलाई तर्साउँदै आएको स्थानीय बताउँछन्। गाउँ कार्यपालिकाका पूर्व सदस्य समेत रहेका दीपक कुमार भन्छन्, ‘फार्ममा मरेका कुखुरा सिधै खोलामा फालिदिन्छन्, सुलीको उचित व्यवस्थापन पनि छैन, जसका कारण त्यसको दुर्गन्धले घरभित्रै श्वास फेर्न पनि मुस्किल छ, झिँगाको आतंक यति छ कि भोक लाग्दा पनि खाना खान सकिँदैन।’ फार्मबाट निस्कने फोहोरको दुर्गन्ध र झिँगाको प्रकोपले खेतीपाती गर्न पनि अप्ठ्यारो भइरहेको उनको दुखेसो छ। उनी भन्छन्, ‘खेतबारीमा जे पनि रोप्दा बाली हुर्केर फसल लाग्ने बेला झिँगाले चुसेर खाइदिन्छ, पूरा बाली नै सखाप हुन्छ।’

    फार्म सञ्चालकले सुरुमा दाल उद्योग खोल्ने भनेको तर पछि कुखुरा फार्म सञ्चालनमा ल्याएको उनी बताउँछन्। दिपक भन्छन्, ‘हामी गाउँलेलाई सञ्चालकले दाल फ्याक्ट्री खोल्न लागेको भन्दै झुक्याएर चौहदीमा सही गर्न लगाए तर पछि उनले कुखुरा फार्म पो खोले।’दुर्गन्ध र झिँगाको प्रकोप व्यवस्थित गर्न फार्म सञ्चालकले पटक पटक झुठा आश्वासन मात्रै दिँदै आएको उनी बताउँछन्। उनी भन्छन्, ‘समस्या समाधान गर्नुको सट्टा फार्म सञ्चालक गाउँलेलाई पेलेरै जाने मनस्थितिमा देखिएका छन्। वडा नम्बर २ गाादीको मकवानी टोलका स्थानीय विजय मिश्राको गुनासो पनि उही छ। उनी भन्छन्, ‘गाउँमा फार्म खुल्ने कुरा सुन्दा गाउँको विकास हुन्छ, जग्गाको भाउ बढ्छ, गाउँलेले रोजगारी पनि पाउँछन् भनेर हामी निक्कै खुशी भएका थियौं, त्यही भएर हामीले सस्तैमा फार्मलाई जग्गा पनि दियौं, चौहदीमा सही पनि गरिदियौं। तर अहिले भने यो कुखुरा फार्म झिँगा र दुर्गन्धको फ्याक्ट्री मात्रै भयो।’

    २४ सै घण्टा आइरहने दुर्गन्ध र झिँगाको आतंकले गाउँघरमा आयोजना गरिने भोजभेतरमा आएकाहरू खाना नखाई भोकै फर्किने गरेको मिश्रा सुनाउँछन्। उनी भन्छन्,‘ घरका केटाकेटीहरू झिँगा भन्केकै खाना खाएर बिरामी परिरहन्छन्, छोरीचेली आफ्नै माइतीमा आउन पनि आलटाल गर्छन्, यो पीडा खेपेर हामी कहिलेसम्म बाच्नुपर्ने हो थाहा छैन।’ १५ दिनभित्र फार्म बन्द गर्न पालिकाको निर्देशन वडा नम्बर २ र ३ मा पर्ने गादी, मकवानीसहित ५ वटा वस्तीका गरी करिब १० हजार स्थानीय कुखुरा फर्मको दुर्गन्ध र झिँगाको आतंकले प्रताडित भएको ६ वर्ष बितेपछि गाउँपालिकाले बल्ल फार्म विरुद्ध कारबाही प्रक्रिया थालेको छ। पटेर्वा सुगौली गाउँपालिकाले १५ दिनभित्र फार्म बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको छ। चैत ८ मा बसेको गाउँ कार्यपालिकाको बैठकले फार्म छेउ आसपासका १ सयभन्दा बढी स्थानीयले फार्म विरुद्ध दिएको उजुरी दिएका आधारमा चैत २ गते अनुगमन गर्दा फार्मले तोकेको सर्तहरू पालना नगरेको भेटिएको र त्यस बारे पटक पटक जानकारी गराउँदा पनि सञ्चालकले अटेरी गर्दै आएको कारण १५ दिनभित्र उक्त फार्म बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो। उक्त निर्देशनसहितको पत्र गाउँपालिका कार्यालयले चैत ९ गते फार्म सञ्चालकलाई पठाएको छ।

    फार्म सञ्चालनको अनुमति दिने निकायले तोकेका शर्तहरू तथा प्रचलित कानुन अनुसारको वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न जानकारी गराउँदा समेत फार्म सञ्चालकले ती शर्तहरू पूरा नगरेको र मापदण्ड विपरीत फार्म सञ्चालन गर्दै आएको उक्त पत्रमा उल्लेख छ। फार्म सञ्चालकलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएको र दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले चैत २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसार फार्म बन्द गर्न १५ दिनको अल्टिमेटम दिइएको पालिका उपाध्यक्ष महता महतो थारुले बताइन्। उपाध्यक्ष महतो पटक पटक जनगुनासो आएपछि फार्म भित्र गएर अनुगमन गर्दा मरेका कुखुरा र सुलीको व्यवस्थापन नगरिएको, त्यसैका कारण निस्कने दुर्गन्ध र झिँगाले वातावरण प्रदूषित बनाएको बताइन्। यसका साथै गाउँलेको खानपान, स्वास्थ्य, खेतीपातीका साथै दैनिकीमै पनि असर पारेको अवस्था रहेको उनले बताइन्। उनले भनिन्, ‘हामी जनताबाटै चुनिएर आएका हौं, त्यसैले जनताको दुःख पीडामा साथ दिनु हाम्रो कर्तव्य र जिम्मेवारी नै हो , १५ दिनभित्र फार्म बन्द गर्न पालिकाले निर्देशन दिइसकेको छ, यदि सञ्चालकले मानेनन् भने पालिका आफैंले त्यो फार्म बन्द गराइदिन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑