वीरगंज । सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न गठबन्धन दलहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमाजाने दलहरुको टुङ्गो लगाउने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ । यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले भने तत्काल सरकारमा सहभागिता नजनाउने बताइसकेका छन् ।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्तावगर्ने तयारी गरेका छन्। शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णतादिने निर्णय गरेको थियो ।