• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुक्खा बन्दरगाहका लागि अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा ढिलाइ

  • वीरगंज संजाल
  • ११ चैत्र २०७९, शनिबार १८:२७
  • १८०५

    वीरगञ्ज । भन्सारका लागि सरकारले ६ वर्षअघि जग्गा अधिग्रहणको घोषणा गरे पनि वीरगन्ज–२५ सिर्सियाका जग्गाधनीले मुआब्जा पाउन सकेका छैनन् । सरकारले क्रमिक रूपमा मुआब्जा वितरण गर्दै आए पनि पछिल्लो एक वर्षयता बाँडेको छैन । लामो समयदेखि मुआब्जा नपाउँदा र जग्गा उपयोग पनि गर्न नपाउँदा समस्यामा परेको स्थानीयको भनाइ छ ।
    मुआब्जा माग्दै स्थानीयले वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा धर्ना दिएका थिए । जग्गाधनीमध्येकी एक बैजयन्ती मालाले जग्गा रोक्का हुँदा प्रयोग गर्न नपाएको बताइन् । बिहेवारी, बालबच्चाको शिक्षादीक्षा, औषधोपचार जस्ता कुनै पनि प्रयोजनका लागि जग्गा बिक्री गर्न नपाएको उनको भनाइ छ ।

    ‘कि त रोक्का फुकुवा हुनुपर्‍यो, नत्र तत्कालै मुआब्जा दिनुप¥यो,’ उनले भनिन्, ‘यसरी कहिलेसम्म सरकारले अनिर्णयको बन्दी बनाएर राख्ने ?’ मुआब्जा पाए नयाँ घरघडेरीको व्यवस्था गर्न पाउने उनको भनाइ छ । सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारीले स्थानीयको समस्याबारे अर्थ मन्त्रालयमा जानकारी गराउने प्रतिबद्धता जनाएपछि धर्ना रोकिएको छ। गत आर्थिक वर्षको असारको अन्तिम साता केही जग्गाधनीलाई मुआब्जा वितरण गरिएको थियो । त्यसयता मुआब्जा वितरण ठप्प छ । अर्थ मन्त्रालयले रकम निकासा नगर्दा मुआब्जा दिन नसकिएको सुक्खा बन्दरगाह भन्सारका प्राविधिक अधिकृत केवल चौधरीले बताए । सरकारले बन्दरगाहका लागि ६२ बिघा (९ सय २० कित्ता) अधिग्रहण गर्न लागेको हो ।

    हालसम्म ४२ बिघा १५ कट्ठा १६ धुर (६ सय ८३ कित्ता) कित्ता मात्र अधिग्रहण गरेको छ । त्यसबापत स्थानीयलाई करिब ४ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको छ । अब करिब १९ बिघा अधिग्रहण गर्न बाँकी छ, जसबापत २ अर्ब ८० करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने चौधरीले बताए । यसबाहेक अधिग्रहणभित्र पर्ने घर, रूख, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनुपर्ने हुन्छ, जसको सर्भे हुन बाँकी छ । दुई दशकदेखि सञ्चालित बन्दरगाह र ४ वर्षदेखि सुरु भएको एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) जोड्न दुवै भन्सारको बीचमा पर्ने खल्वाटोला गाउँ र खेतलाई अधिग्रहण गर्न लागिएको हो । हालको क्षेत्रफल दुवै भन्सारलाई आगामी दिनमा थोरै हुन सक्ने भएकाले सरकारले अधिग्रहणको योजना बनाएको हो । दुवै भन्सारबाट हाल दैनिक करिब ३ हजार मालवाहक सवारीको आवागमन हुने गरेको छ । सरकारले ६ वर्षअघि २०७३ पुस १७ मा जग्गा अधिग्रहण प्रक्रिया थालेको थियो । सरकारी मापदण्डअनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार र सबैभन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑