• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा–बाराका दलित जनप्रतिनिधीको गुनासो : बोर्ड बैठकमा हाम्रा कुराको सुनुवाई नै हुदैन

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १९:४३
  • १८८५

    वीरगन्ज । बाराको सुवर्ण गाउँपालिकाकी कार्यपालिका सदस्य बृहस्पति देवीले गाउँपालिका प्रमुख र उपप्रमुखले दलित बोर्ड गठन गर्न आफूले पटक–पटक गरेको आग्रहको बेवास्ता गरेको गुनासो गरेकी छन् । ‘मैले पटक–पटक उहाँहरुलाई दलित उत्थान तथा संरक्षणका लागि पालिकास्तरीय दलित बोर्ड गठन गरौं भनी आग्रह गर्दै आएकी छुँ,’ दलित सरोकार मञ्च नेपाल कञ्चनरुप सप्तरीद्वारा शुक्रबार वीरगन्जमा आयोजित दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्थाः आगामी दिनमा कार्यपालिका सदस्यहरुको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘तर उहाँहरू जहिले पनि मेरो कुरा नसुने जस्तो गर्नु हुन्छ, अरु विषयमा कुरो गर्दा भने गम्भीरताका साथ सुन्नु हुन्छ ।’ पर्साको ठोरी गाउँपालिका कार्यपालिका सदस्य फूलमाया दर्जीले पनि गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुले विकास निर्माणको अन्य विषयमा आफूहरुको कुरो सुन्ने र दलित भनी भेदभाव नगरे पनि पालिकास्तरीय दलित बोर्ड गठनको माग गर्दा भने मौन बस्ने गरेको गुनासो गरिन् ।

    कार्यक्रममा सहभागी पर्सा तथा बाराका विभिन्न स्थानीय तहका दलित कार्यपालिका सदस्यहरुको यस्तै गुनासो रहेको थियो । अन्तरक्रियामा सञ्चारकर्मी एवम् अनुसन्धानकर्ता रघुनाथ लामिछानेले देशभरीका ७ सय ५३ स्थानीय तहमध्ये ९ मा मात्र दलित प्रमुख रहेको बताए । जुन कुल संख्याको १ दशमलव २० प्रतिशत मात्र हो । त्यसैगरी, १५ जना दलित उपप्रमुख रहेको र तीमध्ये ११ दलित महिला रहेको उनले बताए । त्यसैगरी, ७ सय ५३ स्थानीय तहमा १ सय १५ वडाध्यक्ष दलित रहेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुखहरुमा ४ दलित पुरुष र उपप्रमुखमा ५ दलित महिला रहेको उनले बताए । त्यसैगरी, मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये १ मा मात्र दलित प्रमुख र २ मा दलित उपप्रमुख रहेको उनले बताए ।मधेस प्रदेशकै १ हजार २ सय ७१ दलित वडा सदस्य पद मध्ये १ हजार २ सय ६५ मा मात्र दलित सदस्य रहेको र बाँकीमा उम्मेदवारी नै नपरेको उनले बताए ।

    संघीय संसदमा १ सय ६५ जना प्रत्यक्ष सांसद मध्ये १ जना जना दलित पुरुष रुपन्देहीबाट छविलाल विश्वकर्मा मात्र चयन भएको उनले बताए । सबै प्रदेशसभामा गरी कूल ३ सय ३० प्रदेशसभा सदस्यमध्ये २ जना दलित मात्रै प्रत्यक्षबाट निर्वाचित भएको उनले बताए । अन्तरक्रिया आयोजक संस्थाका कार्यकारी निर्देशक भोला पासवानले मधेस प्रदेशले २०७६ मा दलित सशक्तीकरण ऐन र २०७८ मा नियमावली पारित गरी सक्दा पनि प्रदेशको स्थानीय तहहरुमा दलित बोर्ड गठन गर्न आनाकानी गरिनु विडम्बना रहेको बताए । कार्यक्रममा स्थानीय तहमा दलित बोर्ड गठनका लागि दबाब तथा दलित हक अधिकारका प्राप्तिका लागि दबाब दिन दलित कार्यपाालिका सदस्य सञ्जाल पनि गठन गरिएको थियो । पर्साको पटेर्वासुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना विकको अध्यक्षतामा सञ्जाल पर्सा र बाराको सुवर्ण गाउँपालिका कार्यपालिका सदस्य वृहस्पति देवीको अध्यक्षतामा बारा सञ्जाल गठन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑