• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘हिंसापीडितहरु विस्थापित भएर नयाँ ठाउँमा पुग्दा पनि उस्तै समस्या भोग्नुपर्छ’

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १४:३९
  • ११०५

    वीरगंज । हाम्रो समाजमा परम्परावादी सामाजिक सोच व्याप्त छ । महिलाहरुलाई शिक्षाको अवसरबाट वञ्चित गरिएको छ । हाम्रो समाजमा छोरी जन्मिएदेखि नै विभेद शुरु हुन्छ । उनीहरु बुहारी भएर गएपछि समेत विभेद कायम रहन्छ, जसले गर्दा समाज लैंगिक विभेदकारी भएर रहेको हुन्छ । नारामा ‘महिला र पुरुष समान हुन्’ भनिए पनि नेपाली समाजमा यस्तो समानता भेटिंदैन । व्यावहारिक रुपमा समानता छैन । हामीले बालबालिका हुर्काउँदादेखि नै विभेद गरिरहेका हुन्छौं । छोराे कतै गएर एकरात बिताउँदा हामीलाई चिन्ता हुँदैन तर छोरी कतै गई भने उसको ज्यादा चिन्ता गरिन्छ । घरभित्रैबाट ‘कतै त गइन ?’ इज्जत जोगाउने काममा ठेस पुग्यो कि भनेर शंका गरिन्छ । शैक्षिक भ्रमणमा गएर आए पनि ‘कतै दायाँ–बायाँ त गरिन’ भन्ने चिन्ता गरिन्छ । समानतावादी नाराको कार्यान्वयन हाम्रो परम्परावादी समाजसँग गएर जोडिन्छ । महिलाप्रति संवेदनशील भएकाे समाजमा यसरी सोचिंदैन र हेरिंदैन पनि । जसले गर्दा त्यहाँका महिलाहरु झनै क्षमतावान भएर निस्किएका उदाहरण छन् ।

    नेपालको सन्दर्भमा लैंगिक समानताको विषय परम्परावादी सोच, शिक्षाको अवसरबाट वञ्चितीकरण र कतिपय अवस्थामा जातीय परिवेशले गर्दा झनै संकुचित भइरहेको देखिन्छ । त्यसैले समानताको विषय केवल नारामा मात्रै सीमित हुन्छ । आजसम्मको हाम्रो समाजको संरचनाले नै महिलालाई सम्मानको दृष्टिकोणले हेर्दैन । महिला न्यायका लागि लड्न गइन् भने तिनलाई निरुत्साहित गरिन्छ । समाजमा नेतृत्व लिने महिला र अभिभावकबाट ‘तिमी संघर्ष गर, तिमीले न्याय पाउनुपर्छ’ भनेर प्रेरित गरिंदैन । बरु, ‘तिमीले सहनुपर्छ, यस्ता विषय बाहिर ल्याइयो भने तिम्रो चरित्र र इज्जतमाथि प्रश्न उठ्छ’ भनी उनलाई नै हतोत्साही गरिएको हुन्छ । सामाजिक विभेदका कारण सिर्जना भएका हिंसाहरु अरु अपराधजस्तो सहजै टुंगिंदैन र पीडितले न्याय पाउन पनि लामो संघर्ष गर्नुपर्ने हुन्छ । त्यो क्रममा शुरुमा साथ दिएका मानिसहरुले पनि साथ छाड्दै जान्छन् र पीडित एक्लिंदै जान्छ । यसले उसलाई एकातिर हतोत्साहित बनाउने र अर्कोतिर न्यायको लडाइँ झनै कठिन भइरहेको हुन्छ ।

    हिंसापीडितको न्यायको संघर्ष सहज छैन । एक त पीडितहरु कानूनी उपचारका लागि मानसिक रुपमा तयार हुन नै धेरै संघर्ष गर्नुपर्छ । अर्कोतर्फ हाम्रो न्यायप्रणालीबाट न्याय पाउन अर्को चरणको लामो संघर्ष गर्नुपर्छ । यो अवधिमा उसको पक्षमा बोलिदिने, लडिदिने, साथ सहयोग दिने मानिसहरुको अभाव हुन्छ । ऊ विस्थापित भएर गएको नयाँ ठाउँमा समेत यस्तै समस्याको सामना गर्नुपर्छ । न्यायका लागि संघर्ष गर्दा बाहिरी पक्षले अनेकौं भूमिका खेलेको हुन्छ । हिंसा त टाढाको कुरा, पारिवारिक बेमेल वा सहमतिमै सम्बन्धविच्छेद गरे पनि पुरुषको तुलनामा महिलाले समाजमा रहन बढी कठिनाइ झेल्नुपर्छ । अविवाहित पुरुष र सम्बन्धविच्छेद गरेको पुरुषबीचको तुलनामा विवाहित महिला र सम्बन्धविच्छेद गरेकी महिलाले भोग्नुपर्ने विभेद कता हो कता चर्को हुन्छ । कानूनी लडाइँका क्रममा कहिलेकाहीं पीडितले लामो समय गुजार्नुपर्ने हुन्छ । लड्दै जाँदा एकपछि अर्को गरी सबैले साथ छाड्ने भएकाले पीडितहरु समेत कानूनी उपचारको खोजीबाट थाक्छन् । बल्लतल्ल न्याय पाए पनि उसमाथि सामाजिक स्वीकार्यता हुँदैन, समाजले बहिष्कार गर्न थाल्छ । किनभने उसले न्याय पाउने क्रममा समाजमा स्थापित कुनै व्यक्तित्व दण्डित भएको हुन्छ र समाजले त्यसलाई स्वीकार्दैन । पीडितलाई नै त्यसको दोष दिन्छ ।

    कतिपय अवस्थामा त पीडितहरुलाई घरभित्रै स्वीकार गरिंदैन । त्यस्तो अवस्थामा समाजले स्वीकार्ने कुरा भएन । यदि कुनै परिवारको छोरी बलात्कृत भएकी छन् भने कहिलेकाहीं त पीडित परिवार नै समाजमा अस्वीकार्य भएर विस्थापित हुनुपरेको उदाहरण भेटिन्छ । यस्तो हुनुमा हाम्रो विभेदकारी संरचना पनि प्रमुख कारण हो । पीडक जहिले पनि समाजमा स्थापित हुन्छ र समाजको संरचना नै उसको पक्षमा लागिदिन्छ । जातीय, आर्थिक लगायतका कारणले पनि ऊ समाजमा स्थापित भएर बसेको हुन्छ । हाम्रो समाजले पुरुषको इज्जतमाथि प्रश्न उठाउँदैन र ऊ सधैं चोखो हुन्छ भन्ने मान्यता राखेको हुन्छ । ‘खुट्टा भए जुत्ता जति पनि पाइन्छ’ भन्ने उखान त्यसैको प्रभाव हो । पुरुषलाई खुट्टासँग तुलना गरेर अपमानपूर्वक महिलालाई जुत्ता भनिएको हो । पीडितले न्याय नै पाए पनि समाजले उसैलाई दोषी करार गरेको हुन्छ र उसको इज्जतमाथि प्रश्न उठाइदिन्छ, महिलामाथि सधैं हिलो छ्याप्ने काम हुन्छ । त्यसपछि पीडित त्यो परिवार, समाजबाट बाहिरिन बाध्य हुन्छ । ऊ विस्थापित भएर गएको नयाँ ठाउँमा समेत यस्तै समस्याको सामना गर्नुपर्छ । त्यसैले समाजमा जहिले पनि यस्ता हिंसाका घटनामा पीडकभन्दा पीडित पक्ष बहिष्कृत हुन्छ ।

    कतिपय अवस्थामा त पीडकको व्यक्तित्व र सामाजिक प्रतिष्ठाका कारण पीडित झनै प्रताडनामा परेका उदाहरण भेटिन्छ । न्याय गर्नेहरुले उसको काम हेरेर दण्डित गर्ने हो, उसको पद र ओहोदा हेर्नुहुँदैन भन्ने गरिन्छ । तर यस्ता घटनामा पूर्वाग्रह देखिन्छ । अहिले पनि हाम्रो समाज कतिपय कुसंस्कारबाट ग्रस्त छ र हामी शिक्षित हुँदै गएका छौं भनेर भ्रम पालिरहेका छौं । अब यस्ता कुरीतिहरु हटाउन समाजमा चेतना बढाउनुपर्छ र त्यसका लागि शिक्षा आवश्यक पर्छ । हामीले शिक्षित बनाएको ठूलो जनशक्ति श्रमको सिलसिलामा मुलुक बाहिर छ र उसले समाज चेतनशील बनाउन जति भूमिका खेल्नुपर्ने हो, सकेको देखिंदैन । युवा नागरिक शिक्षित भएर त्यसको अनुभूतिमार्फत समाजलाई चेतनशील बनाउन जति भूमिका हुनुपर्ने हो, हुनसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑