• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा ‘औद्योगिक बैंक’को आवश्यकता कति ?

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १४:२४
  • १५०५

    वीरगंज । उत्पादनमा जोड दिँदै निर्यात प्रतिस्थापन गर्नुपर्ने विषय सडकदेखि सदनसम्म उठ्ने गरेको भए पनि नेपालमा उद्योगमा मात्रै लगानी गर्ने र लगानी जुटाउने ‘औद्योगिक बैंक’ छैन । सामाजिक अभियन्तादेखि सांसद र मन्त्रीहरु आफूहरु जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ भाषणका क्रममा उत्पादनमुखी अर्थतन्त्रका कुरा गर्न भ्याउँछन् तर त्यसलाई व्यवस्थित गर्ने र व्यावसायिक बनाउने संयन्त्रबारे बेखबर छन् । त्यसैले मुलुकलाई औद्योगिकरणमा लैजान औद्योगिक बैंकको टड्कारो आवश्यकता देखिएको छ । उद्योगीहरु औद्योगिक बैंक ल्याउन ढिला भइसकेको बताउँछन् । नेपालको पायोनियर औद्योगिक घराना पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ उत्पादनमुखी देश बनाउनुपर्छ भन्ने गरिए पनि देशका ठूला बैंकहरु सबै ‘कमर्सियल बैंक’ मात्रै रहेकाले ‘इन्डष्ट्रियल बैंक’को आवश्यकता बढिरहेको बताउँछन् ।

    ‘उत्पादनका कुरा हुने गर्छन्, तर उत्पादनमा मात्रै केन्द्रित रहेर लगानी गर्ने, लगानी जुटाउने बैंक छैन’ उनी भन्छन्, ‘अब नेपालमा औद्योगिक बैंक चाहिन्छ ।’ नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्षका प्रत्यासी भनिएका उमेशलाल श्रेष्ठले पनि बिजपाटीसँगको कुराकानीमा औद्योगिक बैंकको आवश्यकता बढिरहेको र आफूले चुनाव जितेपछि औद्योगिक बैंकको अवधारणा राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने बताएका छन् । ‘हाम्रो देशमा उद्योगका कुरा खुब हुन्छन्, तर औद्योगिक बैंक नै छैन । निफ्रा एउटा छ, त्यो पूर्वाधारमा केन्द्रित हो । औद्योगीकरणका लागि उद्योगमा मात्रै लगानी गर्ने औद्योगिक बैंक चाहिन्छ । यो कुरा हामी उठाउनेवाला छौँ’ उमेशलाल श्रेष्ठले अन्तरवार्ताका क्रममा बिजपाटीसँग भनेका छन् । सांसद महेश बर्तौलाले औद्योगिक बैंकको आवश्यकता औँल्याउँदै भन्छन्, ‘सरकार आफैँले नै सञ्चालन गर्ने गरी विषयगत वा क्षेत्रगत भनौँ, यसरी सम्बन्धित क्षेत्रमा मात्रै लगानी गर्ने गरी बैंक आउनु पर्छ’ ‘यसमा कसैको हिडन इन्स्ट्रेष्ट हुनु भएन, लाइसेन्स हत्याउने चलखेल हुनु भएन ।’छिमेकी देशमा अभ्यास कस्तो छ ?

    नेपालको वैदेशिक व्यापारको ८० प्रतिशतभन्दा बढी कारोबार हुने छिमेकी देश भारतमा धेरै वटा औद्योगिक बैंक सञ्चालनमा छ । इन्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडीबीआइ), इन्डष्ट्रियल फाइनान्स को–अपरेशन (आइएफसी), इन्डष्ट्रियल क्रेडिट एण्ड इन्भेष्टमेन्ट को–अपरेशन (आइसीआइसीआइ’ लगायतका औद्योगिक बैंकहरु भारतमा सञ्चालनमा छन् । पाकिस्तानमा पनि इन्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ पाकिस्तान (आइडीबीपी) छ । चीनमा विश्वकै ठूलो मध्येको ‘द इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना’ (आइसीबीसी)लेउद्योगमा लगानी गर्ने र लगानी जुटाउने काम गर्छ । राष्ट्र बैंक के भन्छ ?

    नेपाल राष्ट्र बैंकले यसबारे अहिलेसम्म लिखित रुपमा सुझावहरु नआएको बताएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले औद्योगिक बैंक चाहिन्छ भनेर हालसम्म राष्ट्र बैंकलाई कसैले पनि सुझाव नदिएको बताए । उनले यस्तो बैंकको आवश्यकता महशुस भए मौद्रिक नीति आउने बेलामा राष्ट्र बैंकलाई लिखित सुझाव दिएपछि मात्रै राष्ट्र बैंकले आवश्यक रहे नरहेको अध्ययन गर्ने बताएका छन् । ‘आवश्यक छ भन्ने लाग्छ भने राष्ट्र बैंकलाई पहिला किन चाहिन्छ भनेर कारणसहित सुझाव दिनुपर्यो, सुझाव आएपछि राष्ट्र बैंकले आफ्नो तर्फबाट अध्ययन गर्छ, अहिलेसम्म कतैबाट पनि यस्तो सुझाव आएको छैन, यो हाम्रा लागि नयाँ विषय भयो’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑