• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी ५ कारणले नेपाली कामदार राख्न मान्दैनन् विदेशी ठेकेदार

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १४:२१
  • १२४९

    वीरगंज । नेपालमा विदेशी लगानीमा सञ्चालित वा विदेशी निर्माण कम्पनीले ठेक्का पाएका परियोजनामा अधिकांश विदेशी मजदूर नै हुन्छन् । ठूला तहका कर्मचारीदेखि मजदूरसम्म उनीहरुले आफ्नै देशबाट झिकाउँछन् । नेपाली कामदारहरु एकदमै कम हुन्छन् । विदेशी नागरिकहरुले नेपालमा २ प्रक्रियाबाट श्रम इजाजत लिन्छन् । पहिलोः कामदार चाहिने संस्थाले पत्रिकामा विज्ञापन गर्छ र आवश्यक जनशक्ति नेपालबाट पूरा नहुने भएपछि विदेशबाट ल्याउन पाउँछ ।

    दोस्रोः कामदार चाहिने संस्थाले कामका लागि चाहिने जनशक्ति विदेशबाट ल्याउने गरी नेपालका सरकारी निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्छन् र सोही अनुसार आफूलाई चाहिने जनशक्ति विदेशबाट ल्याउने गर्छन् । गृह मन्त्रालयले कार्य सहमति दिएपछि मात्रै श्रम तथा व्यवसाय सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिन्छ । यस्तो इजाजत एक वर्षका लागि मात्रै मान्य हुन्छ । एक वर्ष पूरा भएपछि अर्को वर्ष पनि बस्ने भए पुनः इजाजत लिनुपर्छ । विदेशी कामदार नै लिनुको कारण ? लगानी बोर्डको कार्यालय गत हप्ता एक जना चिनियाँ निर्माण व्यवसायी भेटघाट गर्न पुगेका थिए । उनले बोर्डका अधिकारीहरुसँग नेपालमा गरेको लगानी सुरक्षित हुने आधार पाए आफूले पनि लगानी गर्ने बताउँदै आएका छन् । उनी पटकपटक लगानी बोर्डमा पुगेर यसबारे राय पनि लिने गर्छन् । यसै शिलशिलामा गत भेटमा लगानी बोर्डका अधिकारीहरुले ती चिनियाँ ठेकेदारलाई ‘तपाइँहरुले नेपालमा बनाउने आयोजनाहरुमा किन आफ्नै देशबाट कामदार ल्याउनुहुन्छ ?’ भनेर सोधे । यसको जवाफ दिँदा ती निर्माण व्यवसायीले आफूहरुले नेपाली श्रमिकहरु नलिनु वा कम लिनुका ५ कारण यसरी औँल्याइदिए ।

    पहिलो : नेपालमा बिदा र चाडपर्वहरु ज्यादै धेरै भएकाले श्रमिकहरु अत्याधिक छुट्टिमा बस्ने गर्नाले काम गर्न नसकिने हुँदा आफूहरुले नेपाली कामदार नलिने गरेको उनको भनाइ थियो ।

    दोस्रो : चिनियाँ निर्माण व्यवसायीले नेपालमा अत्याधिक मात्रामा चुनाव हुने, यस्ता चुनावमा श्रमिकलाई छुट्टी दिनुपर्ने र चुनावका लागि छुट्टी लिएका श्रमिक चुनाव नसकिएसम्म काममा नफर्किने ‘नेचर’ले पनि आफूहरु आफ्नै देशबाट कामदार झिकाउन बाध्य भएको बताए । ‘नेपालमा कहिले स्कुलको चुनाव, कहिले सामुदायिक वनको चुनाव, कहिले खानेपानीको चुनाव, कहिले के सङ्घको, कहिले कुन सङ्गठनको चुनाव भइरहने हुँदा श्रमिकहरुलाई छुट्टी दिइरहन पर्छ’ उनको भनाइ उधृत गर्दै लगानी बोर्डका एक अधिकारीले भने, ‘फर्किएपछि पनि काममा ध्यान दिँदैन, उ राजनीतिमा बढी चासो राख्छ ।’

    तेस्रो : परियोजनाहरुमा श्रमिक युनियन र श्रमिक सङ्गठनको ‘कल्चर’ले पनि काम लगाउन नसक्ने अवस्था आएको ती निर्माण व्यवसायीको गुनासो छ ।

    चौथौ : वर्किङ कल्चर राम्रो छैन । ‘मैले मेरै देशबाट कामदार ल्याएपछि ६ महिना ढुक्कले काम लगाउँछु, डे नाइट (रात र दिन) सिफ्टमा काम गर्छ, ६ महिनापछि एक महिना छुट्टी दिन्छु, बसेर परिवारसँग भेटेर फेरी आउँछ र काम गर्छ’ ती निर्माण व्यवसायीले भनेका छन्, ‘तर नेपालमा काम गर्ने कल्चर नै छैन, डे नाइट काम गर्न कोही तयार हुँदैनन् । चीन त्यसै बनेको होइन ।’

    पाँचौँ : एटिच्युडमा समस्या छ । नेपालमा परियोजनाको ठेक्का पाएका विदेशी ठेकेदारहरुले नेपाली कामदार नलिनुको अन्तिम कारण नेपालीहरुको ‘एटिच्युड’ भएको ती निर्माण व्यवसायीको दावी छ । देश बनाउन खट्नुपर्छ भन्ने चेतना नभएको तर, अर्को साथीहरुलाई समेत भाँडेर ‘साइट’ चल्न नदिनेसम्मका जोखिम हुने डरले नेपाली श्रमिकहरु लिन गाह्रो हुने उनको भनाइ छ । कति छन् नेपालमा विदेशी कामदार ? नेपालमा श्रम इजाजत लिएका विदेशी श्रमिकहरु १० हजार ५५९ जना छन् । अमेरिकादेखि चीनसम्मका १०२ देशका १० हजार ५५९ जना विदेशी कामदारहरु नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको श्रम तथा व्यवसाय सुरक्षा विभागको तथ्याङ्क छ । १०२ देशमध्ये सबैभन्दा धेरै कामदार चिनियाँ छन् । नेपालका विभिन्न परियोजनाहरुमा ७ हजार ४९९ जना चिनियाँ श्रमिकहरु काम गरिरहेका छन् । भारतका २२८ जना, जापानका १८९ जना, कोरियाका २३६ जना, अमेरिकाका ३३१ जना, बेलायतका ४८६ जना, अष्ट्रेलियाका ११६ जना र जर्मनीका ९७ जना श्रमिकहरु नेपालमा कार्यरत छन् । नेपालमा काम गर्न आएका अमेरिकी र अष्ट्रेलियालीहरु चेन होटलमा बढी छन् । बाँकी देशबाट आएकाहरुमा अधिकांश निर्माण आफ्नै देशको लगानीमा नेपालमा निर्माणाधिन परियोजनाहरुमा कार्यरत रहेको विभाग बताउँछ । विज्ञ भन्छन्, ‘नेपालीबाट बन्द हड्तालको डर मान्छन्’‘हायर एण्ड फायर’ को नीति नहुँदा नेपाली कामदारहरुले स्वदेशमा काम गर्दा ‘अनावश्यक अधिकार’को दावी गर्दा पनि विदेशी ठेकेदार कम्पनीहरुसँग काम गरेर सीप सिक्ने अवसर गुमाइरहेको श्रम क्षेत्रका विज्ञहरु बताउँछन् । आप्रवासन सम्बन्धी विज्ञ जीवन वानियाले भनेका छन्, ‘सीप अद्यावधिक भइरहने कुरा हो, नेपाली कामदारहरुले विदेशीसँग काम गर्न पाउँदा सिक्न त पाउँथे । तर, बन्द हड्ताल र यहाँको श्रम कानूनअनुसार दुःख पाइन्छ की भन्ने आशङ्काले विदेशी निर्माण व्यवसायीहरुले नेपाली श्रमिक खासै लिएको पाइँदैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑