काठमाडौं । सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो अवैध गाँजा बरामद भएको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त गाँदा बरामद गरेको हो।
सशस्त्र प्रहरीको टोलीले बिहीबार ४ बजे ३-४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ। ती मानिसहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ।