• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा- २ को उपनिर्वाचनमा जसपाले खोज्यो सत्ता गठबन्धन दलहरूको सहयोग

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १३:१६
  • १५४१

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) ले बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएको छ। जसपाले उम्मेदवार तय गर्ने गरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिनुपर्ने पक्षमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकमा छलफल भएको हो। सत्ता गठबन्धनको बुधबार नै बालुवाटारमा बसेको बैठकमा पनि अध्यक्ष उपेन्द्र यादवले यस विषयमा कुराकानी राखेका थिए। तर यस विषयमा गठबन्धनले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
    गत मंसिर ४ मा भएको चुनावमा बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए।

    चैत ३ मा उनी उपराष्ट्रपति बनेपछि रिक्त यो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। जसपाले अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा उम्मेदवार बनाउन खोजेको छ। त्यसका लागि सत्ता गठबन्धनका दलहरूको सहमति लिन जसपाले गृहकार्य गरिरहेको छ। जसपा प्रवक्ता मनिष सुमनले मंसिर ४ को चुनावमा बारा २ जसपाले नै जितेकोले उपनिर्वाचनमा पनि जसपाकै उम्मेदवार रहने गरी सहमति गरिनुपर्ने बताए।बारा २ मा सत्ता गठबन्धनबाट जसपाको उम्मेदवारलाई नै साझा उम्मेवार बनाएर उपनिर्वाचनमा जानुपर्ने उनको भनाइ छ।

    ‘बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपाको हुन्छ भन्ने हाम्रो अपेक्षा छ। त्यसमा हाम्रो हक लाग्छ र उम्मेदवार हाम्रैतर्फबाट हुन्छ,’ उनले भने। सत्ता गठबन्धनमै रहेका जनमत पार्टी, लोसपालगायतले पनि बारा २ मा उम्मेदवारी दिनेबारे छलफल गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑