• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीको बोलीबचन रूखो, जनतामाथि बल प्रयोग अधिक

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १३:१३
  • ११३७

    वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित एक कार्यक्रममा नाराबाजी गरिरहेका व्यक्तिहरूमाथि प्रहरीले जसरी धरपकड गर्‍यो, त्यसले नागरिकमाथि प्रहरीको व्यवहारलाई लिएर प्रश्न उठेको छ। मंगलबार काठमाडौंको बानेश्वरमा आयोजित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड प्रवेश गरिरहेका बेला एक जना युवाले नाराबाजी सुरू गरे। उनले बैंकको चर्को ब्याज मिनाहा हुनुपर्ने भन्दै नारा लगाएका थिए। जसै उनले नारा लगाए, त्यहाँ उपस्थित सुरक्षाकर्मीहरू जाइलागे। नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको मुख थुनिदिएको थियो। चार-पाँच जना प्रहरी मिलेर उनलाई लछारपछार पार्दै भ्यानमा हुलेका थिए। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि त्यहाँ उपस्थित अरू दुई जनाले पनि नाराबाजी सुरू गरे। प्रहरीले उनीहरूलाई पनि त्यसरी नै मुख थुनेर लछारपछार पार्दै नियन्त्रणमा लियो।

    यस क्रममा एक जनाले पटकपटक एउटै प्रश्न दोहोर्‍याइरहे, ‘हामी अपराधी हौं? हामी अपराधी हौं? के गर्‍या यो?’ संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै नारा लगाउँदा प्रहरी धरपकडको शिकार भएका ती व्यक्तिहरू सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा हुन्। प्रहरी हिरासतमा रहेका उनीहरूले आफू नेपाल स्वतन्त्र युवा अभियन्ता समूहमा आबद्ध रहेको बताएका छन्। प्रहरी वृत्त बानेश्वरले उनीहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। यसरी नारा लगाइरहेका युवाहरूको मुख थुनेर लछारपछार पार्दै प्रहरीले पक्राउ गरेको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा आएपछि अहिले नागरिकमाथि प्रहरीको व्यवहार र सरकारको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ।

    खासगरी प्रहरीले विरोध गरिरहेका नागरिकको मुख थुन्ने जुन हर्कत गर्‍यो, त्यसलाई अभिव्यक्ति स्वतन्त्रता हननसँग जोडेर आलोचना गरिएको छ। काठमाडौं प्रहरीले भने ड्युटीमा खटिएका प्रहरीलाई मुख थुन्न निर्देशन नदिएको र संयोगले त्यस्तो घटना हुन पुगेको बताएको छ। यति मात्र होइन, यसअघि नाराबाजी वा आन्दोलन गरी नियन्त्रणमा लिइएका व्यक्तिलाई त्यसै रात छाड्ने गरिन्थ्यो। यसपटक भने पक्राउ परेका तीनै जनालाई मुद्दा चलाइएको छ। यसबारे प्रश्न गर्दा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल यो घटनामा दुई कारणले मुद्दा चलाउनुपर्ने अवस्था आएको बताउँछन्। ‘एउटा, भिभिआइपीको कार्यक्रम भइरहेको ठाउँमा हुलहुज्जत गर्न पाइन्न, मिल्दैन। जातीय छुवाछुतको कार्यक्रममा हात र लात्ती फाल्दै जान मिल्दैन। त्यहाँ भएकै समूहबाट थ्रेट हुनसक्ने अवस्था रह्यो,’ उनले भने, ‘दोस्रो कारण, यसले भिभिआइपीमाथि पनि थ्रेट हुनसक्ने देखियो। त्यसरी अभद्र प्रदर्शन गरिसकेपछि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने भएकाले म्याद थप गरियो।’

    यो घटना त एउटा उदाहरण मात्र हो, केही समययता प्रहरीको ज्यादती निकै बढेको छ। प्रहरीले सुरक्षाका नाममा आमनागरिकमाथि अत्यधिक बल गर्ने गरेको पाइएको छ। नागरिकमाथि उनीहरूको व्यवहार निकै रूखो सुनिन्छ भने बोलीचाली पनि अशिष्ट हुँदै गएको छ। ‘प्रहरी मेरो साथी’ भन्ने आफ्नै नाराविपरीत आमनागरिकमाथि हप्कीदप्की लगाउँदै वर्दीको रवाफ देखाउन खोज्ने प्रहरीको हर्कतलाई लिएर आलोचना पनि बढ्दै गएको छ। प्रहरी दुर्व्यवहारको यस्तै घटना चैत २ गते कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो। त्यस दिन नेपाल र युएईबीच आइसिसी अन्तर्राष्ट्रिय लिग-२ को अन्तिम खेल हेर्न मैदानको क्षमताभन्दा बढी दर्शक उर्लिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। खेल हेर्न झुम्मिएका दर्शक पारापिटभित्र मात्र नभएर बाहिर पनि उत्तिकै थिए। कति रूखमा चढेका थिए भने कति पर्खाल नाघेर पारापिटभित्र पसे। त्यही क्रममा एक जना पुरूष पर्खाल नाघेर पारापिटमा झर्नेबित्तिकै त्यहाँ उपस्थित डिएसपीले उनको गाला चड्काए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑