• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीवित रहेसम्म कैद

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १२:२०
  • १४६९

    राजविराज । झट्ट बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गर्ने कसूरदारलाई अदालतले बुधबार जीवित रहेसम्म जन्मकैदको सजाय गरेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई उक्त सजाय गरेको हो। अदालतका इजलास अधिकृत कुमार सुवेदीका अनुसार कसूरदारलाई ६ लाख रुपैयाँ जरिवाना तिराउन र १ लाख क्षतिपूर्ति भराउनसमेत फैसला भएको छ। बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले यादवले हत्या गरेको पुष्टि भएको छ। गाउँकै ९ वर्षीया बालिका आफ्नी ५ वर्षीया बहिनीसँग बाख्रा चराउँदै घाँस काट्न गएकी थिइन्। सिमसिम पानी पर्न थालेपछि बहिनीलाई उनले घर पठाइन्। डाक्नेश्वरी–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा हावाले आँप झारेको देखेपछि उनी आँप टिप्न लागिन्।

    पछि लागेका कसूरदारले आँप टिपिदिने लोभ देखाए। त्यही बहानामा सुनसानको मौका पारेर बालिकालाई बलात्कार गरे। अवोध बालिकाले रुँदै घरपरिवारमा घटनाबारे भनिदिने बताइन्। कसूरदारले प्रलोभन, धम्की, डर देखाए पनि एकोहोरो बालिकाले आमालाई भनिदिने बताइरहिन्। त्यसपछि पोल खुल्ने डरले बालिकाले घाँस काट्न ल्याएको हँसियाले नै उनको घाँटी रेटेरर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार हत्या गरेको स्थानबाट दुई मिटरमाथि घिसारेर लगेको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। बालिकाको दुई खुट्टाको बीचमा हँसिया गाडिएको थियो। घटना अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको थियो। घटनापछि तत्कालीन एसपी राजेन्द्रप्रसाद धमलाको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोलीले अनुसन्धान गरेपछि आरोपित असार ६ गते पक्राउ परेका थिए।

    पीडितको हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेपछि पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दिए। पक्राउ परेका आरोपित अदालतको आदेशमा २०७८ साउन ३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ४१ मा जघन्य कसूरदारलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था गरिएको छ। क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरिक बन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा बलात्कार गरी ज्यान मारेको कसूरमा जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑