• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको अलाैंमा छुवाछुतको विभेद : महायज्ञको पूजामा बस्न पाएनन् दलित

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १८:०२
  • ११९३

    वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा झण्डै २२ वर्ष पछि आयोजना गरिएको शतचण्डी महायज्ञको वेदी (पूजापाठ) को विधीमा सहभागी हुन अन्तत दलित समुदाय बन्चित भएका छन् । गैर दलितहरुले छुवाछुतको विभेद राखेर महायज्ञको वेदी (पूजापाठ) मा बस्न नदिने अडान कायम राखेपछि दलितहरु महायज्ञको पूजापाठमा सरिक हुनबाट बन्चित भएका हुन् ।अलौंमा बुधबार देखि शतचण्डी महायज्ञ शुरु भएको छ । पहिलो दिन भव्य कलशयात्रा पनि निकालिएको छ । तर महायज्ञको वेदी (पूजापाठ) मा बस्न आफुहरुलाई पनि दिनु पर्ने माग राखेर अलौंका दलित अगुवाहरुले एक महिना देखि आवाज उठाउदै आएका थिए । तर गैर दलितहरुलले महायज्ञको अरु कार्यमा दलितलाई सहभागी गराउन सकिने भएपनि वेदी (पूजापाठ) मा बसेर पूजापाठ गर्न नदिने अडान राख्दै आएका थिए । यो विवाद जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय सम्म पनि पुगेको थियो । दलितहरुले आफुहरुसंग गरिएको विभेद विरुद्ध वीरगन्जमा सडक प्रर्दशन पनि गरेका थिए । संघर्ष समिति नै गठन गरेका उनिहरुले पत्रकार सम्मेलन गरेर महायज्ञमा जातिय छुवाछुतको विभेद गरिए आन्दोलन अझै चर्काउने चेतावनी पनि दिएका थिए ।

    तर गैरर दलितहरुको अडान र दबाब सामु अन्नत दलितहरु झुक्न बाध्य भएका छन् । महायज्ञ शुरु हुने एक दिन अघि मंगलबार गाँउमै बसेको गैर दलित र दलित समुदाय बिचको छलफलमा महायज्ञको वेदी (पूजापाठ) कार्यमा बसेर पूजापाठ गर्न बाहेक अरु सबै कार्यमा दलितहरु सहभागी हुन पाउने सहमति गरिएको हो । विवादका कारण महायज्ञ नै राकिने परिस्थिती सृजना भएपछि आफुहरु त्यो सहमति मान्न बाध्य भएको संघर्ष समितिका अगुवा उमेश राम चमार बताउछन् । गाँउका अरु सबै जातिहरु एकजुट भए वेदी (पूजापाठ) कार्यमा दलितलाई बस्नै नदिने अडानबाट पछि नहटेपछि दलितहरु लाचार भएर सहमति मान्न बाध्य भएको उमेश बताउछन् । उनि भन्छन्,‘ हामी दलितहरु पनि आफनै अडानमा रहेको भए गाँउमा महायज्ञ नै रोकिएर काटमार नै हुने अवस्था आउन सक्थ्यो होला , तर हामीले त्यस्तो होस् भनेर चाहेनौ , अनि आफनो अडानबाट पछाडि हट्यौ । जातिय विभेद विरुद्ध विगत एक महिना देखि आवाज उठाएको र कानूनी निकायमा पुगेर गुहार्दा पनि आफुहरुको आवाज नसुनिएको गुनासो उनि पोख्छन् । उमेश भन्छन्,‘ आखिर गाँउमै विद्रोह गरेर बस्न पनि सकिदैन , यसपालिको यज्ञमा पहिलेदेखि चल्दै आएको परम्परा अनुसार वेदीमा दलितहरु नबस्ने तर अब आइन्दा हुने यज्ञमा भने बस्न दिने सहमति भएको छ , त्यसै अनुसार बुधबार देखि महायज्ञ शान्तिपूर्ण रुपमा शुरु भएको छ , हाम्रो कुनै विरोध छैन , कलशयात्रामा हामी पनि सहभागी भयौं ।

    संघर्ष समितिका अर्का सदस्य कृष्ण कुमार राम चमार पनि जातिय छुवाछुतको विभेद विरुद्ध आफुहरुले एक महिना देखिख गरेको संघर्षबाट कुनै उपलब्धी प्राप्त नभएको बताउछन् । उनि भन्छन्,‘ हामीले सकेको जति संघर्ष गरयौ , तर अगुवाहरुले मिलेर जाउँ , अब अझै विवाद नगरौं भनेर सहमति गर्नु भएछ । अहिलेको २१ औं शताब्दिमा समेत छुवाछुतको विभेद गरेर महायज्ञको पूजापाठमा दलितलाई बस्न नदिएको देख्दा आत्मग्लानी भने भइरहेको उनले सुनाए । अलौंमै बस्दै आएका हरेदेव राम चमार पनि एक महिना देखि संघर्ष गर्दा समेत अन्तत छुवाछुतको विभेद कायमै रहको देख्दा आफुहरुलाई नमज्जा लागिरहेको गुनासो पोख्छन् । उनि भन्छन् ,‘ पूजापाठमा छुवाछुत गर्न पाइन्न भनेर एक महिना देखि विद्रोह गरयौ , तर हाम्रो विद्रोहको आवाज कसैले सुनेन् , अरु जातिहरुले जे चाहेका थिए आखिरमा त्यहि भएर छाड्यो । गाँउकै दलित अगुवाहरुले सहमति गरेपछि आफुहरु त्यसको बाधक बन्न नचाहेको पनि उनि बताउछन् ।

    अब यसपछि विभेद हुन्न – वडा अध्यक्ष

    वडा अध्यक्ष सन्जु बहादुर छत्कुलीले मंगलबार गाँउमै गैरदलित र दलित बिचको छलफलमा महायज्ञमा मिलेर जाने सहमति भएको बताए ।समय अभावका कारण यसपालिको महायज्ञको वेदी (पूजापाठ) पहिले देखि चल्दै आएको परम्परा अनुसार गैर दलित मात्रै बस्न पाउने र यसपछि हुने महायज्ञको वेदीमा दलितले पनि बस्न पाउने सहमति भएको वडा अध्यक्ष छत्कलीले बताए । उनले भने,‘ दलितहरु पनि आफनो अडानबाट एक कदम पछि हटे , गैर दलितहरु पनि आफनो अडानबाट एक कदम पछि हटे , अनि सहमति भयो । त्यहि सहमति अनुसार बुधबार देखि महायज्ञ शुरु गरिएको जानकारी उनले दिए ।

    उनिहरु आफै मिले त म के गरु ? – सिडिओ

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने मंगलबार गाँउमै छलफल गरेका दुवैपक्षले आफुहरु मिलेर महायज्ञ गर्ने सहमति गरेको जानकारी आफुलाई गराएकाो बताए । उनले भने,‘ चैत ५ मा सिडिओ अफिसमै भएको छलफलमा दुवै पक्षले हामी गाँउमै गएर मिल्छौ भनेर जानु भयो , हिजो (मंगलबार) मलाई फोन गरेर दुवै पक्षले हामी मिलिसक्यौ भनेर जानकारी गराउनु भयो । तर महायज्ञको वेदीमा जातिय छुवाछुतको भेदभाव राखेर दलितलाई बस्न दिइएन त ? भनेर प्रश्न गर्दा प्रतिप्रश्न गर्दै प्रजिअ रेग्मीले भने ,‘ दुवै पक्षले आपसि हसमति गरिसक्यौ , हामी मिलिसक्यौ भनेपछि मैले अब के गर्ने त ?

    तर पर्साका दलित युवा अगुवा मनोर राम भने हिन्दु भएर हिन्दुले नै आयोजना गरेको महायज्ञको वेदीमा दलितलाई बस्न नदिनु जातिय छुवाछुतको विभेद भएको र यो कानुन अनुसार दण्डनिय अपराध नै भएको बताउछन् । उनि भन्छन् ‘ अलौंका दलितसंग दण्डनीय अपराध भएको छ , त्यसकारण मेलमिलापको नाममा यो अपराधको ढाकछोप गर्न पाइदैन , महायज्ञको वेदीमा दलितलाई बस्न नदिनेहरुलाई प्रहरी प्रशासनले पक्राउ गरि कारबाही गर्नु पर्छ ।उनि थप्छन् ,‘ जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।यहि व्यवस्था अनुसार कारबाही हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑