• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थतन्त्र चलायमान बनाउन वीरगन्जमा पहिलो पटक “रात्री बजार” लाग्दै

  • वीरगंज संजाल
  • ७ चैत्र २०७९, मंगलवार १३:०५
  • ३०४५

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगञ्जमा पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ ।कोरोना महामारी यता थलिएको वीरगन्ज व्यपार व्यवसायलाई पुन चलायमान बनाउने उदेश्यले वीरगन्जमा परिक्षणका रुपमा पहिलो पटक तीन दिनका लागि “रात्री बजार” लगाउने तयारी थालेको हो । यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगन्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्मको क्षेत्रमा “रात्री बजार” लगाइने महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । आर्थिक नगरी भनेर वीरगन्न्जलाई चिनिने गरेको भए पनि कोरोना महामारी यता यहाको व्यवपार व्यवसायले पुरानै लय समात्न नसकेको अवस्थामा साँझ नपर्दै बन्द हुने गरेको छ । प्रहरीले पनि बेलुकी ९ नबज्दै होटल , रेष्टुरेण्ट लगायतका पलि बन्द गराउदै आएको छ ।त्यसका कारण दीर्घकालीन रुपमै “रात्री बजार” सन्चालन गर्ने सोच राखेर हालका लागि पहिलो पटक तीन् दिनका लागि “रात्री बजार” लगाउन थालिएको मेयर सिंहले बताए ।

    वीरगन्जको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने “रात्री बजार” लगाउन जमर्को गरेको मेयर सिंहले बताए ।उनले भने,‘ ’व्यवसायीक रुपमा वीरगन्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ, यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’महानगरको आयोजनामा वीरगन्जमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न शहरका विशेष खानाका परिकारका स्टल, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामानका पाउनुका साथै वीरगन्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि मेयर सिंहले जानकारी दिए ।

    रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगन्जमै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन मेयर सिंहको आग्रह छ ।मेयर सिंहका अनुसार , महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगञ्ज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार“ तयारीको काम अघि बढाइएको उनले बताए । रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए । आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑