वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसदको विश्वास प्राप्त गरेका हुन् ।
२६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावकाे विपक्षमा ८९ सांसदले मत दिएका छन् भने एक सांसद तटस्थ बसेका छन् ।
यसअघि १० पुसमा एमालेसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा संसदको ९९.२६ प्रतिशत मत प्राप्त गरेका थिए । राष्ट्रपति चुनावको समयमा समीकरण फेरिँदा प्रधानमन्त्रीले सोमबार पुनः विश्वासको मत परीक्षण गरेका हुन् ।