रौतहट । सोमबार जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटकै चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ५० बर्षकी मिना मगर रहेकी छन् ।
घाँस काट्न गाँउ नजिकैको जंगलमा गएका बेला मगरलाई सोमबार बिहान ११ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो ।
रौतहटको धनसर जंगल क्षेत्रमा मगरलाई हात्तीले आक्रमण गरेको र उनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षाक यकनारायण कोईरालाले जानकारी दिए ।