पर्सा । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिकाले आज देखि अधारभुत तह कक्षा ८ का बिधार्थी हरुलाई अन्तिम परिक्षा गाउँपालिकामा रहेको तीन वटा माध्यमिक बिधालयका एक ठाउँमा सेन्टर बनाई परिक्षा संचालन गरेका छन।
धोबिनी गाउँपालिकाले कक्षा ८ का परीक्षा नयाँ तरिकाले धोबिनी गाउँपालिकामा रहेको श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लाई सेन्टर बनाई परीक्षा संचालनमा ल्याएर पर्साको पहिलो नमुना गाउँपालिकाको रुपमा उदारहनिय काम गरेको छ।।
बिधार्थी हरुलाई गाउँपालिकामा गुणस्तर बृद्धिको लागि एकै ठाउँमा सेन्टर कायम गरि परिक्षा संचालन गरेकध छ।यश बाट फलस्वरुप बिधार्थी र अबिभावक हरुमा बढि उत्साहित देखिएको छ। आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षामा तीन वटा माध्यमिक बिधालय श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडी,श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय भिखमपुर,र श्री अजिज मियाँ माध्यमिक बिधालय धोबिनी का गरि ३७७ जना छात्र,छात्रा हरुले अाफ्नो तोकिएको परीक्षा केन्द्रमा पुगी परीक्षा दिनु भएको थियो।
परीक्षा केन्द्र मा भिखमपुर का छात्र ८०/छात्रा१०४ गरि १८४/लंगडी माबी का छात्र४३ छात्रा६४ जना गरि१०७ र धोबिनी माबी का छात्र४२ छात्रा४४ गरि८६ टोटल जम्मा ३७७ जना ले अंग्रेजी बिषय को शान्ति पुर्ण तरिकाले परीक्षादिनुभएको थियो। धोबिनी गाउँपालिका अन्तरगत रहेको तीन वटा माध्यमिक बिधालय रहेको ले ३८३ जना ले फर्म भरेको सो मध्य ३७७ जना ले परीक्षा मा सहभागी भएको थियो भने ६ जना अनुपस्थित रहेको केन्द्रा अध्यक्ष जितेन्द्र रामले जनाए का छन।
अधारभुत तह कक्षा ८ का अन्तिम परीक्षा मा धोबिनी गाउँपालिका प्रमुख प्रसाकिय अधिकृत नावाज हुसेन, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी ,वडाअध्यक्ष मनाउर मियाँ ,बन्दु साह, प्रअ मदन साह, बिनय पटेल, कर्मचारी केशराज कुर्मी, नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल र पत्रकार हरुको सहभागिता रहेको थियोे ।