• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘कहिले पाउने स्वच्छ श्वास फेर्न?’

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार १७:१०
  • १०६५

    वीरगन्ज । ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया-कटारी-घुर्मी सडक खण्डका नागरिक। उदयपुरको कटारी नगरपालिका-८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्‍याइन्, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ? उनले गुनासो गर्दै भनिन्, ‘आँगनका कपडा, भान्साको खाना धुवाँधुलोबाट जोगाउनै मुस्किल छ।’

    ओखलढुङ्गाबाट सुगम स्थान छानेर १२ वर्षअघि यहाँ आएकी मैयाँ विकलाई पनि अचेल पछुतो छ। ‘मोटरबाटो पुगेको ठाउँमा जीवन निर्वाह गर्न सहज होला भनेर आइयो तर अहिले पछुतो भइरहेको छ’, उनी भन्छिन्, ‘राम्रोसँग बस्न, खान र स्वास फेर्न पनि पाइएको छैन, तर कसैले बुझ्दैनन् हाम्रो पीडा।’

    सिद्धिचरण राजमार्ग मिर्चैया-कटारी-घुर्मी सडकखण्डको स्तरोन्नति नहुँदा यहाँका नागरिकलाई लुगाकपडा, जोहो गरेका खाद्य सामग्री जोगाउन समस्या छ नै, खेतबारीको अन्नबाली तथा तरकारी जोगाउन नि त्यस्तै कष्ट छ। स्थानीय किसान लीलबहादुर तामाङले धुलोले छपक्क ठाकेर बाली नसप्रिने हुँदा कृषि खेती गर्नै नपाएको पीडा सुनाए। ‘तरकारी लायो कक्रक्क पर्छ। गहुँ, मकै, कोदो जस्ता बालीनाली पनि सप्रिंदैनन्’, तामाङको भनाइ थियो, ‘ दुःखजिलो गरेरै खान मुस्किल छ। यस्तो समस्या कहिलेसम्म भोग्ने?’

    आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ। जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उनको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन।

    सडकबाट उडेको धुलोले जता हेर्‍यो त्यत्तै सेताम्य। त्यो धुँवाधुलोले भोग्नुपरेका देखिने समस्या त छन् नै तर नदेखिने समस्या त झनै विकराल छन्। सत्तरी वर्षीया चिनीमाया तामाङ यसको उदाहरण हुन्। उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रस्त छन्। ‘सडक आएपछि खुसी आउला जस्तो लागेको थियो तर दुःख लिएर आयो’, चिनीमायाले भनिन्, ‘समस्या समाधान हुँदैन, धुलोधुवाँकै कारण छिटै मरिने पो हो कि!’

    नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा. गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए। श्वासप्रश्वास, मुटु रोग, दम, खोकी, घाँटी दुख्ने, छाती दुख्ने र रुघाखोकी जस्ता समस्या ल्याएर अस्पताल आउनेको संख्या बढिरहेको उनको भनाइ छ।

    संविधानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि त्यसको प्रत्याभूति हुने गरी सडक स्तरोन्नति गर्नुपर्ने डा.शाह जोड दिन्छन्।स्थानीय गृहिणी, किसान, युवा, वृद्धवृद्धाले सुनाए जस्तै पीडा यहाँका विद्यार्थीका पनि छन्।

    कटारी-८ स्थित माध्यमिक विद्यालय पट्नाभञ्ज्याङ १० कक्षाका छात्रा सञ्जु तामाङले विद्यालय आउँदाजाँदा सडकको धुुवाँधुलोले दैनिक कपडा फोहोर हुने हुँदा विद्यालय आउनै समस्या रहेको बताइन्। ‘सुकाएकै ठाउँमा धुलो लागिसकेको हुन्छ, टक्टकाएर लगायो, फर्किदा फेरि उस्तै हुन्छ’, सञ्जुको दुःखेसो छ, ‘कहिले एसइई दिएर बाहिर पढ्न जाउँला र यो समस्याबाट छुट्कारा पाइएला जस्तो भइसक्यो।’

    सरस्वती मावि कटारी-११ का प्रधानाध्यापक दिनेश रायले सडकको स्तरोन्नति नहुँदा विद्यालयको पठनपाठन प्रभावित भइरहेको बताए। ‘अरू ठाउँमा राजमार्ग वा सडक नजिक भएको विद्यालय राम्रो मानिन्छ तर हाम्रो यहाँ सडककै कारण समस्या छ। प्रदूषणले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ’, प्रधानाध्यापक राय भन्छन्, ‘लगाएको पोशाक फोहर हुने, दिनहुँको धुवाँधुलोले रुघाखोकी लाग्ने, घाँटी र छाती दुख्नेजस्ता समस्याले विद्यार्थी नियमित हुँदैनन्। विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको छ।’

    सडक स्तरोन्नतिका लागि स्थानीयवासीले गुहार मागिरहेको पनि वर्षौं भइसक्यो। स्थानीय, प्रदेश र सङ्घीय प्रतिनिधिलाई भन्नेदेखि सडकमा चक्काजाम गर्नेसम्मका सबै उपाय अपनाए पनि समाधान नभएको उनीहरूको भनाइ छ। ‘वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सधैं सास्ती मात्रै पाइयो’, कटारी-११ का स्थानीय रेवती राउतले भने, ‘यो समस्याबारे यहाँका स्थानीय जनप्रतिनिधि र सांसदहरूलाई जानकारी भए पनि चुनावी मुद्दाबाहेक केही बनाउन नसकेकामा आक्रोश पोखे।

    उदयपुरको कटारी बजार आफैँमा ऐतिहासिक ठाउँ पनि हो। तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथा चढ्न यही बजार हुँदै पैदल गएको हुनाले कटारीलाई सगरमाथाको प्रवेशद्वार पनि भन्ने गरिन्छ। यही बजार क्षेत्र पर्ने सडकको स्तरोन्नतिमा ध्यान नदिंदा हरेक नागरिक जस्तै व्यापारी, व्यवसायीले पनि सास्ती भोग्नुपरेको उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर खड्काले बताए। उनले सडकका कारण ढुवानी लागत बढ्न गई मूल्यवृद्धिको समस्या निरन्तर बढिरहेको धारणा राखे।

    २०३४ सालमै सिरहाको मिर्चैयाबाट उत्तरतर्फ उदयपुरको कटारीसम्म २६ किमी ट्रयाक जोडिएको थियो। नेपाली कांग्रेसका नेता स्व बलबहादुर राईको पहलमा २०४८ सालमा कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्म सडक निर्माण सुरु भएको थियो। युगकवि सिद्धिचरण श्रेष्ठको नाम दिइएको यस सडकको ४६ किमी कटारी-घुर्मी खण्डमा २०५८ सालदेखि यातायात सञ्चालन पनि भयो। तर, ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि अवस्था भने उस्तै छ। घुर्मीदेखि ओखलढुङ्गासम्मको सडक धेरै पहिले कालोपत्रे भइसके पनि ७२ किमी लामो मिर्चैया-कटारी-घुर्मी खण्डमा भने सुधारको ठोस पहल भएन। यसले गर्दा दुई घण्टा पनि नलाग्ने यो दूरीमा अहिले पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ।

    सडकको स्तरोन्नति तथा पुनःनिर्माणका लागि सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका सांसदले कुरा नउठाएका पनि होइनन्। संविधानसभा सदस्य भेषकुमारी राउतले संसदमा आवाज उठेका कारण सरकारको नीति तथा कार्यक्रममा र बजेटमा योजना पर्ने गरेको बताइन्।

    उनले भनिन्,‘सयौं पटक एक्लै वा संयुक्त रूपमा ठूला नेता, सरोकारवाला र विभागीय मन्त्रीलाई पनि सडक स्तरोन्नतिको माग राख्यौं तर आश्वासन मात्र पाइयो, ठोस निर्णय हुन सकेन। यो विडम्बनापूर्ण हो।’

    प्रतिनिधिसभा सांसद अम्बरराज रायमाझीले भने सडकलाई उच्च प्राथमिकतामा राखेर आफूहरुले पहल गरिरहेकाले अब छिट्टै यसको स्वरुप बदलिने बताए। उनले पूर्वी नेपालका जिल्ला र मधेस प्रदेशलाई सगरमाथासँग जोड्ने एक मात्र छोटो दूरीको यो राजमार्ग निर्माणका लागि सबैको सकारात्मक पहलको जरुरी रहेको पनि बताए।

    ‘यो सडक स्तरोन्नतिका लागि सरोकारवालासँग पटकपटक छलफल भएको छ’, रायमाझीले भने, ‘त्यसैको परिणाम यो पटक करिब ६० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यो रकम थोरै भए पनि अब समयमै काम सुरु गर्नुपर्छ।’

    कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले पनि चार लेन सडकका लागि दायाँबायाँ १५/१५ मिटर लागतकट्टा भइसकेकाले अब भने सडक स्तरोन्नतिको काम अगाडि बढ्ने विश्वास जागेको बताए।

    सडक डिभिजन कार्यालय कटारीका प्रमुख केशव ओझाले केही दिनअघि मात्रै सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा प्राप्त कूल ५९ करोड ८८ लाख रुपैयाँको लागि बोलपत्र आह्वान भइसकेकाले अब चाँडै काम सुरु भई अहिले देखिएका समस्या समाधान हुने बताए।

    उनले मिर्चैया-कटारी-घुर्मी सडक खण्डका लागि केन्द्रीय योजनाअन्तर्गत कुल १० अर्ब रुपैयाँको लागत अनुमानसहितको प्रस्ताव पठाइएको र यो आवका लागि मात्र पौने चार अर्ब रकम अर्थ मन्त्रालयसँग माग गरिएको बताए।

    अघिल्लो आव २०७८/७९ मा ८० करोड रुपैयाँ ‘फ्रिज’ भएको देखेका यहाँका नागरिक सडक स्तरोन्नतिका लागि ठेक्का लागे पनि अझै आश्वस्त छैनन्। ‘सडक बन्छ बन्छ भनेर आश्वासन पाएको त वर्षौं भइसक्यो, अब त विश्वास गर्न पनि गाह्रो छ’, स्थानीयवासी लक्ष्मी तामाङले भनिन्, ‘यो पटक के हुन्छ हेरौं। स्वच्छ श्वास फेर्न अब त पाइएला कि?’रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑