वीरगञ्ज । नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २४ वर्षीय पारस साह तुराह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ‘भ्’ बर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
साहले ‘E’ बर्गको सवारी चालक अनुमती पत्र लाई A, B, & E बर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ ।