पशुबलीअन्तर्गत पहिलो दिन रांगा र दोस्रो दिनदेखि बोकाको बली दिने गरिन्छ।धार्मिक विधिअनुसार सेतो मुसा, कुखुरा, बोका, सुंगुर र रांगाको पञ्चबली दिएपछि रांगाको बली सुरु भएको थियो ।
मंसिर १ गतेदेखि सुरु भएको एक महिने गढीमाई मेलामा सोमबादेखि दर्शनार्थीको घुइँचो बढेको छ । बलीको समयमा दसौं लाख भक्तालुको भीड् लाग्ने गरेको छ। भीड बढेसँगै मेलाको सुरक्षा व्यवस्थापन कडा पारिएको छ।