बारा | बाराको बरियारपुरमा जारी पञ्चवर्षिय गढिमाई मेला अन्तर्गत आजबाट बलिप्रदान सुरु भएको छ । गएराति विशेष पुजासम्पन्न भएपछि आज बिहानबाट बलि सुरु भएको जनाइएको छ ।
महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् । देशमै सबभन्दा बढी बलि प्रदान हुने मेला गढीमाई रहेको छ ।
यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । गत बुधबार बसेको मन्त्री परिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको विशेष पूजाको उपलक्ष्यमा विदा दिने निर्णय गरेको थियो ।मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले एक विज्ञप्ती जारी गरी ाजलाई प्रदेशभारि सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।