वीरगंज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको भूमिका देशभक्तिको रक्षा र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने खालको हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम पछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिले राष्ट्रिय शक्तिलाई एकताबद्ध बनाएर लैजाने खालको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, संविधानको रक्षा र संरक्षणलाई केन्द्रमा राख्नुपर्छ । राष्ट्रिय शक्तिलाई उपलब्धी रक्षाका लागि एकताबद्ध गराउन भूमिका खेल्नुपर्छ,’उनले भने। नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन आफ्नो पार्टीले मतदान गर्ने बताए ।