• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजबाट घट्यो आयात-निर्यात

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार ११:१२
  • १२२९

    वीरगंज । मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट आयात–निर्यात व्यापार घटेको छ । मालबाहक सवारी साधनले भरिभराउ रहने यहाँस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरको पश्चिमी भाग अहिले खाली देखिन थालेको छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समिति कार्यालयका अपरेसन इन्चार्ज जितेन्द्र रसाइली सामान्य अवस्थामा यो नाकाबाट दैनिक १ हजार २ सयदेखि १ हजार ३ सयसम्म मालबाहक ट्रक भित्रिन्छन् । अहिले मुस्किलले ४ सयदेखि ५ सय हाराहारी मात्र मालबाहक सवारीसाधन भित्रिरहेको जानकारी दिए । कार्यालयको तथ्यांक हेर्दा चालु आवको माघ मसान्तसम्ममा यो नाका हुँदै १ लाख ४ हजार ४ सय ५८ वटा विभिन्न प्रकारका मालवस्तु बोकेका मालबाहक सवारीसाधन भित्रिएका छन् । यसै अवधिमा ८ हजार ३ सय ६८ मालबाहक सवारीसाधन नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी गरिएका मालवस्तु बोकेर बाहिरिएका थिए । यस अवधिमा आयात र निर्यातका गरी १ लाख १२ हजार ८ सय २६ मालबाहक सवारीसाधन आवागमन गरेका छन् ।

    गत आवको यसै अवधिमा आयातका १ लाख ३७ हजार ६ सय ५२ र निर्यातका १६ हजार ९ सय ८२ गरी १ लाख ५४ हजार ६ सय ३४ मालबाहक आवागमन गरेका थिए । तुलनात्मक रूपमा चालु आवको ७ महिनामा ४१ हजार ८ सय ८ मालबाहक सवारीसाधनको आवागमन घटेको छ । यस वर्ष बढी भित्रिएका मालबाहक सवारीसाधनमा इन्धन बोकेका ट्यांकर, धान चामल बोकेका ट्रक र मेसिनरी पार्टपुर्जा बोकेका लरी छन् । रसाइलीले चालु आवमा समग्रमै आयात निर्यात व्यापार घटेकाले आयातको एलसी नै कम खुलेको बताए । त्यसबाहेक केही आयातकर्ताले नाका परिवर्तन गरी विराटनगर तथा भैहरवा नाकातर्फ गएको अनुमान पनि गरिएको उनले बताए । आईसीपी परिसरमा लामो समयदेखि थन्किएका भारत तथा तेस्रो मुलुकबाट आयातित जिप, कार, भ्यानजस्ता हलुका सवारी तथा बस ट्रकका चेसिस एवं तयारी बससमेत जाँचपास भई छुट्ने क्रम भने बढेको छ । त्यसै कारण पनि कुनै बेला अधिकतम २ हजार ५ सयको संख्यासम्म पुगेका नयाँ सवारीसाधन अहिले घटेर २ हजार ३१ म झरेको उनले बताए । हाल आईसीपी परिसरमा रहेका २ हजार ३१ नयाँ सवारीसाधनमध्ये ६ सय ३७ कार, जिप, भ्यान छन् भने १ हजार ३ सय ९४ बस ट्रकका चेसिस छन् ।

    इन्चार्ज रसाइलीले भने, ‘जापानमा निर्मित हुन्डाई कारको आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टल र टोयोटा कारको आयातकर्ता युनाइटेड ट्रेड सिन्डिकेट प्रालिले पनि दैनिकजसो कार जाँचपास गराई लगिरहेका छन् ।’ यसबाहेक सिप्रदी ट्रेडिङले पनि दैनिक ४ देखि १२ वटासम्म नयाँ चेसिस जाँचपास गराई लगिरहेको उनले जानकारी दिए । उनले बैंकले सवारीसाधनमा लगानी गर्न थालेपछि नयाँ सवारीसाधन जाँचपास हुने क्रम बढेको हुन सक्ने बताए । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले फागुन महिनामा दैनिकजसो नयाँ सवारीसाधन जाँचपास हुने क्रम बढेको बताए । ‘सोमबार मात्रै २६ वटा बस एकै दिन जाँचपास भई गएका छन्, त्यसबाट १४ करोड रुपैयाँ एकमुष्ट राजस्व आएको छ,’ उनले भने, ‘मैले बैंकले भन्दा पनि आयातकर्ताले आफ्नै लगानीमा सवारीसाधन छुटाउन थालेको महसुस गरेको छु ।’उनले सवारीसाधन जाँचपास बढे राजस्व संकलनमा पनि उत्साहजनक वृद्धि हुने बताए । हाल वीरगन्ज भन्सारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसक्नुमा विगतको जस्तो सवारीसाधनको दैनिक जाँचपास नहुनु नै मुख्य कारण रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑