• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा सडकका कुकुर मारेको विरोधमा प्रदर्शन

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७९, बुधबार १६:३१
  • १०६५

    वीरगंज । वीरगन्जमा सडकका कुकुरहरु मारेको विरोधमा बुधबार पशुअधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाईमा पशुअधिकारकर्मीहरुले विरोध रयाली निकालेर प्रदर्शन गरेका हुन् । घण्टाघर चोकबाट शुरु विरोध रयाली माईस्थान , आदर्शनगर , अलखीया मठ , घडीअर्वा हुदै पुन घण्टघार चोकमै पुगेर समापन भएको थियो । विरोध रयाली पछि घण्टाघर चोकमै कार्यक्रम गरेर उनिहरुले मारिएका कुकुरहरुको तस्वीरमा फुलमाला चढाएर श्रद्धान्जली अर्पण पनि गरेका थिए । विरोध रयालीमा सहभागी पशुअधिकारकर्मीहरुले कुकुर मार्ने अभियान बन्द गर , कुकुर हाम्रो संरक्षक हो , निरिह कुकुरलाई मार्न पाइदैन , निरिह कुकुरलाई मार्नु कुनै पुरुषार्थ होइन , निरिह कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । डेढ दुई महिना यता वीरगन्ज महानगरमा सडकका कुकुरहरु मार्ने अभियान नै चलाइएपछि त्यसको विरोधमा वीरगन्ज महानगरपालिका लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन बुधबार शान्तिपूर्ण विरोध रयाली निकालिएको सुमार्ग बिन्दु आमा फाउन्डेशनकी अध्यक्ष प्रतिभा कोइरालाले बताइन् ।

    सडकका कुकुरहरु मार्ने अभियान वीरगन्ज महानगरले चलाएको आशंका भएपनि यसको पुष्टि भने भइनसकेको उनले बताइन् । कोइरालाले भनिन्,‘ सडकका सामुदायिक कुकुरहरु मार्ने कार्यमा वीरगन्ज महानगरकै हात छ , तर पुष्टि भने भइसकेको छैन किन कि यस बारेमा मेयर राजेशमान सिंहलाई जानकारी गराउदा उहाले कुकुर मार्ने अभियान महानगरले चलाएको छैन भनेर जवाफ दिनुभयो । तर सडकका कुकुरलाई विष खुवाएर मार्ने अनि मृत कुकुर ट्याक्टरमा संकलन गरेर लैजाने दृश्य देख्दा यसमा महानगरकै हात रहेको आशंका भएको उनले बताइन् ।महानगर क्षेत्रमा डेढ महिना यता १५० भन्दा बढि कुकुरलाई विष खुवाएर मारिएको कोइरालाले बताइन् । फागुन ८ गते राति ११ बजे तिर आफु मकालु होटल पुग्दा मुखमा मास्क लगाएर आएका ३÷४ जना अपरिचित व्याक्तिले विष खुवाएर मारिएका कुकुरहरु ट्याक्टरमा लिएर भागेको उनले बताइन् ।त्यसपछि त्यही बेला वीर्ताको गणेशमान चोक, ६ नम्बर गेट , घण्टाघर चोकमा पुग्दा पनि ८ वटा कुकुरलाई विष खुवाएर मारिएको अवस्थामा भेटिएको कोइरालाले बताइन् ।यसअघि माघको पहिलो साता पनि १ सयको हाराहारीमा कुकुरलाई विष खुवाएर मारिएको उनले दाबी गरिन् ।

    सडकका निरिह कुकुर मार्नु समस्याको सामधान नभएको भन्दै उनले सडकका कुकुरहरुको व्यवस्थापनका लागि आफुले मेयर सिंहलाई पटक पटक भेटेर ध्यानाकर्षण गराएको उनले बताइन् । तर व्यवस्थापनको सट्टा विष खुवाएर निरिह कुकुरलाई मार्ने अभियान नै चलाईएपछि बाध्य भएर आफुहरु बुधबार देखि सडकमा उत्रिएको कोइरालाले बताइन् । उनले भनिन् , अब यो विरोध अभियान निरन्तर चल्छ , हामी महानगरका हरेक वडामा पुगेर सडकका कुकुर मार्न पाइदैन भनेर विरोध प्रदर्शन गर्छौ ।सडकका सामुदायिक कुकुरलाई बिष खुवाएर मार्नु गैरकानूनी काम भएकाले कुकुर मार्ने व्यक्ति वा संस्थाको खोजी गरी कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि उनको छ । कोइरालाका अनुसार , वीरगन्ज महानगरमा हाल १० हजार भन्दा बढि सडकका सामुदायिक कुकुर छन् । आफनो संस्थाले वीरगन्जमै गत बर्ष पशु विज्ञ केन्द्रको सहयोगमा १ हजार ५ सय वटा सामुदायिक कुकुरलाई एन्टी रेविज भ्याक्सिन लगाएको पनि उनले बताइन् । यता वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भने सडकका कुकुर मार्ने अभियान महानगरपालिकाले नचलाएको बताए । उनले सडकका कुकुरहरुको बन्ध्याकरणका लागि महानगरपालिकाले पशुअधिकारको क्षेत्रमा काम गर्ने एक संस्थासंग सम्मझौता गरिसकेको जानकारी पनि दिए । सिंहले भने ,‘ मार्ने नै भए हामीले बन्ध्याकरणका लागि सम्झौता किन गथ्र्यौ र ? सिधै मारिहाल्थ्यौ नि । केहि दिन पनि पहिले मकालु होटल चोकमा ३÷४ वटा कुकुर आफै मरेकोे भेटिएपछि महानगरले कर्मचारी पठाएर सकंलन गर्दा केहि व्याक्तिले त्यसैको फोटो र भिडियो खिचेर भ्रम फैलाएको मेयर सिंहले बताए ।उनले महानागरले विष खुवाएर कुकुर मारेको भए त्यसको खोजीनिती र छानबिन गरेर प्रमाणीत गर्न चुनौती पनि दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑