• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७९, मंगलवार १८:०७
  • १४०५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताएका छन्। उनले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताए। लितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार तथा खेलकुद कार्यक्रमका लागि हालको बजेटलाई गुणात्मक रुपले वृद्धि गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उल्लेख गरे। “पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुदलाई स्वाथ्यको लागि र राष्ट्रका लागि मात्रै हैन, अर्थतन्त्रका लागि, कूटनीतिका लागि, राजनीतिका लागि र अन्तर्राष्ट्रिय भाइचाराका लागि महत्व दिन आवश्यक ठानेर अगाडि बढेको थिएँ । दोस्रो कार्यकालमा प्रत्येक गाउँ र विद्यालयमा खेलकुदलाई संस्थागत गर्ने प्रयास गरेको थिएँ”, उनले भने, “अहिलेको कार्यकालमा पनि खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । मैले राजनीतिबाहेक खेलकुद र कलाकारितालाई अलि बढी नै महत्व र प्राथमिकता दिने गरेको छु । मेरो रुचिको क्षेत्र पनि हो ।”

    प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री भएर अगाडि बढ्दा देशैभर खेलकुद क्षेत्रलाई संस्थागत गर्ने तथा देशव्यापी बनाउने कुरामा विशेष ध्यान दिएको र दशरथ रङ्गशालालाई पुनःनिर्माण गर्ने क्रममा चीन सरकारसँग कुरा गरेर विशेष योगदान गरेको स्मरण गरे। उनले आफूले राजनीतिक जीवनको महत्वपूर्ण समय च्यासलमा बिताएको उल्लेख गर्दै च्यासल रङ्गशाला समुद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले च्यासल रङ्गशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने व्यवस्थित रङ्गशाला भएको बताए। उनले यो काठमाडौँ उपत्यकामा दशरथ रङ्गशालाको वैकल्पिक भएको उल्लेख गरे।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले दाहाल नेतृत्वको सरकारले देशमा खेलकुदको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरेको जिकिर गर्दै आगामी वर्षको बजेटमा खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे।विसं २०७४ असार २२ गते निर्माण थालिएको उक्त रङ्गशाला २०७९ असोज २९ गते निर्माण सम्पन्न भएको राखेप सदस्य सचिव घिसिङले जानकारी दिए। परिषद्सँगको सम्झौताअनुसार डाँफे प्रेरणा प्रतिष्ठान जेभी कम्पनीले भ्याटबाहेक रु २८ करोड १६ हजारको लागतमा रङ्गशाला निर्माण सम्पन्न गरेको हो । तीनवटा प्यारापिट भएको सो रङ्गशाला छ हजार दुई सय जनासम्म अट्ने क्षमताको रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑