पर्सा ।राजन कुमार बानिया। पर्साको छिपहरमाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राकेश अोझा हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
छिपहरमाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा उपाध्यक्षका प्रतिनिधि किशोरी साह कानु, वडाअध्क्ष रामेश्वर महतो, दिपेन्द्र सिंह ,कामेश्वर यादव,महेन्द्र साह कलवार, मौजीलाल साह ,शिक्षा प्रमुख मुकेश चौरसिया,मुकेश कुमार,लगायत परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रमुख प्रसाशकिय अधिकृत अोझा लाई जनप्रतिनिधिहरु र कर्मचारीहरु ले फुलमाला र अवीर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अोझा ले छिपहरमाई गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिका को काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।