• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाँजाको गोदाममा प्रहरीको छापा

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७९, सोमबार १४:२६
  • ११४१

    वीरगंज । मकवानपुर प्रहरीले यो साता गाँजा उत्पादन, ओसारपसार र गोदाममा छापा मारेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका र उत्तरपश्चिम क्षेत्रकै राक्सिराङ गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा, गाँजा प्रशोधनका सामग्री, हातहतियार तथा सो कार्यमा संलग्नहरुलाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार कैलाश गाउँपालिका वडा नम्बर ६ को दुम्सीखर्कस्थित ७६ वर्षका जीतबहादुर मुक्तानको घरगोठ खानतलासी गर्दा १५ क्वीन्टल १५ किलो गाँजा बरामद गरिएको हाे । सोही क्रममा १३ किलोग्राम चरेस पनि बरामद भएको जनाइएकाे छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख वामदेव गौतमले चरेश र गाँजाका साथै १ थान भरुवा, १ थान कटुवा पेस्तोल, म्यागजिनसहित ६ राउण्ड गोली, गाँजा उत्पादनमा प्रयोग हुने काठको फर्मा, तराजुसहित गाँजा प्याकिङका सामग्री पनि फेला परेको जानकारी दिएका छन् । विशेष सुराकीको आधारमा मुक्तानको घरमा प्रहरी निरीक्षक केशरकुमार न्यौपाने, सहायक निरीक्षक नवीनविक्रम थापा र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरी पुगेका थिए । गाँजा, चरेस, बन्दुक, गोली र बन्दोबस्तीका सामग्रीसहित पक्राउ गरिएकाहरुमा घरमुलीहरू मुक्तानसहित सोही स्थानका वर्ष २८ को विजय मोक्तान, वर्ष ४० को रत्न घले, वर्ष २२ को अशोक घले, वर्ष २२ को शिखर घले हुन् ।

    यसैगरी प्रहरीले फागुन १४ गते लागूऔषध नियन्त्रणकै क्षेत्रमा अर्काे ठूलो कारबाही पनि गरेको छ । प्रहरी निरीक्षक न्यौपानेकै नेतृत्वमा खटिएको टोलीमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालसमेत संलग्न भएर राक्सिराङ गाउँपालिका वडा नम्बर ८, गोठडाँडा पुगेको टोलीले स्थानीय २५ वर्षीय प्रेम घलानको घरमा खानतलासी गर्दा १ क्वीन्टल ६३ किलोग्राम गाँजा बरामद गरेको हो । अर्का ४८ वर्षीय ठाकुरराम मोक्तानको घरबाट १ क्वीन्टल ८२ किलो गाँजा सोही टोलीले बरामद गरेको छ । घरमा लुकाइराखेको अवस्थामा गाँजासहित ती घरमूलीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐनबमोजिम कारबाही प्रक्रियाका लागि जिल्ला अदालतबाट अनुसन्धानको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑