धनुषा । धनुषा जिल्लाको बेग्लाबेग्लै स्थानबाट कटुवा पेस्तोल र भरुवा बन्दुक बरामद गरेको छ । शुक्रबार साँझ ८:२० बजे जनकपुर उप-महानगरपालिका-१७ तेतरिया बजारबाट एक व्यक्तिको साथमा कटुवा पेस्तोल बरामद भएको हो ।
प्रहरी चौकी कपिलेश्वर धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलीले जिल्लाको हंसपुर नगरपालिका-४ बस्ने वर्ष २२ को भरोस पासवानको साथबाट कटुवा पेस्तोल बरामद गरेको हो ।पासवानको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका व्यक्तिउपर हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद थप भएर अनुसन्धान जारी छ । त्यस्तै शनिबार दिउँसो १:०० बजे जिल्लाको गणेशमान चारनाथ नगरपालिका-५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक एक थान वेवारिसे अवस्थामा बरामद भएको प्रवक्ता गौतमले बताए ।