वीरगंज । धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । गएराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको हो ।
मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरि भएको हो । शनिबार राति मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।
चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ । पूजारीका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो ।