वीरगंज । केही दिनअघि नेपालबाट थाइल्याण्डको बैंकक जान लागेका चार जना थाइ नागरिक २३.८ केजी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। जसमा तीन जना एकै परिवारका छन्। विमानस्थल सुरक्षाको चेकजाँचमा बसेका प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई विमानस्थलको डिर्पाचर कक्षबाट पक्राउ गरेको थियो। थाइ लाईन एयरको उडानबाट उनीहरू थाइल्याण्ड जान लागेका थिए। लागूऔषध ब्युरोका अनुसार पक्राउ पर्नेमा पासपोर्ट नम्बर एबी ३६८०६२६ भएकी ५१ वर्षीया yaowaluk juabsri, पासपोर्ट नम्बर एडी ०२८१३७३ भएकी ४८ वर्षीया parichart pumpruk, पासपोर्ट नम्बर एडी ०२३०९५८ भएका २५ वर्षीय nattapol treehaiya र पासपार्ट नम्बर एडी ०२१९३३१ भएकी १९ वर्षीया natnaree treechaya छन्। भारत र नेपाल आउने क्रममा उनले सिन्धुपाल्चोक घर भएका एक व्यापारीलाई भेट्ने गर्थिन्। व्यापारीले नै उनलाई खाने बस्ने, घुम्ने तथा जाने आउने टिकटको व्यवस्था गरिदिन्थे। ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार उनीहरूलाई लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। ब्युरोका अनुसार ४८ वर्षीया parichart pumpruk २०१७ पछि दुई पटक भारत जाने आउने गरेको देखिन्छ।
उनी नेपाल आएको यो तेस्रोपटक हो। उनी नेपाल र भारत जाने आउने गरिरहन्थिन। भिजिट भिषामा आउने २ रात ३ दिन बस्ने र थाइल्याण्ड फर्कने गरेको अध्यागमनको तथ्यांक छ। भारत र नेपाल आउने क्रममा उनले सिन्धुपाल्चोक घर भएका एक व्यापारीलाई भेट्ने गर्थिन। व्यापारीले नै उनलाई खाने बस्ने, घुम्ने तथा जाने आउने टिकटको व्यवस्था गरिदिन्थे। फर्कने बेलामा उनीहरूलाई एकेक सुटकेश दिएर पठाउने गर्थे। पछिल्लो ५ वर्षमा उनले ५ पटक नै नेपाल र भारत गएर सुटकेश पुराउँदै आएकी थिइन्। ब्युरोका अनुसार नेपाली व्यापारी थाइल्याण्ड उपचार गर्न जाने क्रममा यी महिलालाई अस्पतालमा भेट भएको थियो। भेटका क्रममा यहाँका व्यापारीले उनीहरूलाई यो काममा लगाएको बताएका छन्। सामान पुर्याएवापत १० हजार भाट पाउने गरेका थिए। उनीहरू चरेस पुराउने भरिया मात्रै भएको अनुसन्धानमा खुल्न आएको छ। ती व्यापारी ३ वर्ष अघिसम्म थाइल्याण्ड नै बस्ने गरेको अनुसन्धानबाट खुलेको छ। पछिल्लो ३ वर्षयता ती व्यापारी विदेश गएका छैनन्। उनी नेपालमा नै बसेर विदेशतिर सप्लाई गर्ने गरेको प्रहरीको आशंका छ। हाल ती व्यापारीको फोन अफ छ। केही दिन अघिसम्म उनको फोनको नम्बर ट्याक गर्दा धादिङको गाउँमा देखाएको थियो। विश्वविद्यालयमा अध्ययन गर्ने उनीहरूलाई आमाको कामका विषयमा केही थाहा नभएको अनुसन्धानबाट खुलेको छ। परिचार्टले उनीहरूलाई नेपाल घुम्न जाउ भनेर ल्याएको देखिन्छ। अर्की ५१ वर्षीय महिला parichart pumpruk कै साथी रहेको बुझिएको छ।
पक्राउ परेका ४८ र ५१ वर्षीय थाई महिलाहरू बैंककमै साबन बनाउने फ्याक्ट्रीमा काम गर्ने अनुसन्धानबाट खुलेको छ। उनीहरूले व्यापारीकै सल्लाह बमोजिम बैकककै एक सहरमा उक्त चरेस पुर्याउन जान लागेको बताएका छन्। गाँजाको फूल र पातलाई कुटेर, निकै मसिनो बनाएर दियालोको खोटो मिसाएर, कालो तन्किने खालको लेदो बनाएर चरेस निर्माण गर्ने गरिन्छ। सामान पुर्याएवापत १० हजार भाट पाउने गरेका थिए। उनीहरू चरेस पुराउने भरिया मात्रै भएको अनुसन्धानमा खुल्न आएको छ। अनुसन्धानका क्रममा धादिङ आसपासको चरेस भएको खुलेको छ। गाँजाबाट चरेस बनाएर विदेश पठाउनका लागि नेपालमा गिरोह नै सक्रिय रहेको प्रहरीले जनाएको छ। गाँजाको फूल र पातलाई कुटेर, निकै मसिनो बनाएर दियालोको खोटो मिसाएर, कालो तन्किने खालको लेदो बनाएर चरेस निर्माण गर्ने गरिन्छ। यस्तो लेदोलाई पक्राउ परेका विदेशीहरूले सुटकेसमा फल्स बटम बनाएर विदेश तस्कर गर्दै थिए। सुटकेसको हार्डकभरको नटहरू खोलेर भित्र चरेस राखेर लैजाँदै थिए। सुटकेसको तौल अस्वभाविक देखिएकाले प्रहरीले अनुसन्धान गरेको थियो।