• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नाकाबाट नुनदेखि सुनसम्म तस्करी, जनतालाई सास्ती तस्करलाई मस्ती

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७९, बिहीबार १२:५७
  • १८३३

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागू पदार्थको मुद्दा दर्ता गरेको छ। भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ। केहि समय देखि नेपाल भारत बीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ। नेपाल भारतबीचको सबै सीमा नाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ।पुष महिनामा मात्र ६ करोडभन्दा बढीको तस्करीका समानहरू पर्सा प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ। यति मात्र होइन, पर्सा प्रहरीको लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतीको विषय रहेको छ। हुन्डीको कारोवारमा भारतीय रुपैयाको तुलनामा नेपाली रुपैया ५रुपैयाको दरले बलियो भएको छ। नेपालबाट लागुपदार्थ र सुनको तस्करी बढको कारण त्यसा भुक्तानी हुन्डीको माध्मबाट नेपालमा आइरहेकोले पनि १ सय ५५ नेपालीमा भारतीय एक सय रुपैयाको दरले कारोवार भइरहेको व्यापारीहरू बताउ छन्। जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आए देखि तस्करी र रुपैयाको अबैध कारोबार नियन्त्रणमा कडाइ बढाएका छन। परिणाम स्वरुप हुन्डी देखि लागुऔषधका कारोवारीहरू व्यापक रुपमा पक्राउ परिरहेका छन। तर जिल्ला भित्र पक्राउन हुने सबै हुन्डीको रकम तथा लागुपर्दाथ यही सिमानाका भएर आएको छ। केहि दिन अगाडि मात्रै वीरगञ्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको हो। साहलाई वीरगञ्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट गत साता पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए। तर पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै परीक्षण सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन।

    खासमा मुलुकमा प्रजातन्त्र आएको तीन दशक भएको छ। प्रजातन्त्रमा जनताको मौलिक अधिकार सर्वोपरी हुन्छ, कानुनी राजमा दश अपराधी छुटे पनि एक निर्दोष नफसोस् भन्ने हुन्छ। तर नेपाली सुरक्षातन्त्रको कामकार्यवाही पुरानै पञ्चायती पारामा चलेको देखिन्छ। नेपाल भारत सिमामा शसस्त्र प्रहरी र पछाडी जनपथ प्रहरी खटिएका हुन्छ। नाकाबाट नेपाल आउने हरेक सर्वसाधारणलाई सुरक्षाकर्मीको भाषामा चेकजाँच अर्थात परीक्षण भएकै हुन्छ। शसस्त्र प्रहरीले परीक्षण गरिरहदा केहि पर पछाडि उभिएका जनपथ प्रहरी हरिरहेका हुन्छन, सामुने आएपछि पुन परीक्षण गर्ने उनीहरूको जिम्मेवारी पनि हुन्छ। तर तराई हरेक जिल्लाको भित्री बजार वा शहर तथा गोदामहरूबाट करोडौको तस्करीको समान पक्राउ हुने गरको छ। हरेका सिमानाकाबाट नुन देखि सुनसम्मको तस्करी हुने गरेको छ। तर सिमामा खटिने प्रहरीलाई खासै कार्यवाही भएको देखिदैन।वीरगञ्ज मुलुककै मूल प्रवेशद्वार हो। आर्थिक राजधानीका रुपमा चिनिएको यो सहरले राज्यद्वारा असुल हुने करको सबै भन्दा हिस्सा बेहोर्दै आएको छ। सामाजिक र सांस्कृतिक विविधताले भरिएको मध्य तराइको यो आर्थिक महानगरमा रहेको नेपाल–भारत,सीमा–नाका अर्थात आईसीपी र सुख्खा बन्दरगाहमा रहेको भन्सार मार्फत देशलाई राजस्वको सर्वाधिक ठूलो हिस्सा अर्थात् ४३ प्रतिशत राजस्व बुझाउँदै आएको छ। अनि राजधानी काठमाडौं लैजाने ७५ प्रतिशत सामग्री यही सहर हुँदै पठाइन्छ। सरकारले पाउने कूल औद्योगिक कर मध्ये वीरगञ्ज क्षेत्रमा रहेका उद्योगबाट ४० प्रतिशत राजस्व संकलन हुन्छ। यसर्थमा वीरगञ्ज सिंगै देशको ‘लाइफ लाइन’पनि हो। तर सीमा नाकामा सबै भन्दा बढी सास्ती यहिको जनतालाई भोगनु परेको छ। भारतको रक्सौलबाट घरायसी समानहरू खरिद गरेर ल्याउदा अनेकौ चेकचाँजबाट गुज्रिनु पर्ने बाध्यता समेत रहेको छ।वीरगञ्जको भन्सार क्षेत्रको आधा किलो मिटरमा, आधा दर्जन भन्दा बढी चेकजाँच हुने गरेको छ। तर पनि यस नाकाबाट नुन देखि सुनसम्मको खुलेआम तस्करी हुन्छ। आधा किलोमिटरमा आधा दर्जन भन्दा बढी परीक्षण तर पनि खुलेआम तस्करी ,देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ। तर यस्तो अजबको परीक्षण र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा हुने गरेको छ। भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच। त्यसपछि शंकराचार्यद्वार नजिकै कोरानाको डेस्क र लगतै इनर्वा प्रहरी चौकीको चेकजाँच कटेपछि भन्सार कार्यालयका जाँचकीहरूको चेकजाँच। अनि सँगै रहेको पुन सशस्त्र प्रहरीको चेकजाँच र केहिँ मिटरमै फेरि रजत जयन्ती चोक नजिकै जनपथ प्रहरीको चेकजाँच हुने गरेको छ।

    मुलुककै प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय भएर आउने जो कोही नव आगन्तुलाई नेपाल प्रवेश गर्न यतिको कडा चेकजाँच भएर कटिनु पर्दछ। नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै परीक्षण कटेर प्रत्येक भारतीय पर्यटकलाई गुज्रिनु पर्ने बाध्यता नै छ। तर सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन। यति कडा चेकजाँच हुदा पनि नुन देखि सुन र लागु पदार्थ देखि हथियारसम्म, सबै थोक यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रण भन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारबारे जानकारी र भागीदारी मुख्य उदेश्य भएको स्थानियको आरोप छ। यो भन्सार कार्यालय क्षेत्र र मुलुककै प्रवेशद्वारमा जति परीक्षण त्यति आम्दानीको आरोपलाई नकार्न सकिदैन। सशस्त्र र जनपथ प्रहरी होस वा भन्सारको जांचकी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असुली गरिरहेको यहाको ‘कटुसत्य’ पनि हो।गत साताको अन्त्यतिर बिहान भारतको पटना गइरहेका पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सबै परीक्षण भएर रक्सौल पुगे। तर फरक यति मात्र थियो की उनीसँग रहेको प्रहरीको स्कर्टिङले केहि छिनमै उनलाई सबै नाका कटायो। भन्सार क्षेत्रमा भइरहेको परीक्षणको मुख्य उदेश्य पैसा उठाउने मात्रै भएको आरोप नेकपा समाजवादी पार्टीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीको छ। मनोजको भनाईमा,यति चेकजाँचको आवश्यकता नै छैन,एक ठाउँमा नभए पनि जनपथ,शस्त्र र भन्सारको जाँचकी तीन ठाउँले पुगी हाल्छ। यो सर्वसाधारणलाई दुख दिने उद्देश्य मात्र हो। आधा किलो मिटरमा आधा दर्जन चेकजाँच, अवस्थाको बाध्यता मात्रै भएको पर्सा प्रहरीको बुझाइ रहेको छ। सिमानाकाको सुरक्षा र चोरी पैठारीको जिम्मेवारी सशस्त्र प्रहरीको र सुरक्षाको जिम्मा जनपथ प्रहरीको भएकोले विभिन्न ठाउमा चेकजाँच हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब प्रहरी उपरिक्षक दिपक गिरी बताउछन्। आर्थिक सम्भावना बोक्ने मुख्य सहरहरू खोजी गर्नुपर्‍यो भने मानिसहरू सुरुको लहरमै वीरगञ्जलाई सम्झन्छन्। वीरगञ्जको वैभव र समृद्धिको आकांक्षा पुनर्जागृत हुने कुरा चुनावको वेला दल तथा उम्मेदवारहरूको भाषणमा मात्रै सीमित देखिएको छ। सुरक्षा वा तस्करी नियन्त्रणको बाहानामा सिमावर्ती आर्थिक महानगरी वीरगञ्ज र आसपासका सर्वसाधारणलाई जति शोषण गरेपनि यहाँका जनप्रतिनिधिहरूको घैटोमा घाम लाग्ने गरेको छैन। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑