• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लहान क्याम्पसको ५० लाख अलपत्र, मन्त्रालयले दिएको कार्यादेश पूर्व मन्त्री पुत्र साहको कब्जामा

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७९, बुधबार १३:०६
  • १३६१

    लहान | मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लहान क्याम्पसको भवन निर्माणका लागि विनियोजन गरेको ५० लाख बजेट अलपत्र परेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले भवन निर्माणको लागि क्याम्पसलाई ५० लाख बजेट भवन निर्माणका लागि रेडबुकमा उल्लेख गरेको छ । तर, निवर्तमान सामाजिक विकास मन्त्री नवल किशोर साहका पुत्र सुमित साहले सो योजनाको कार्यादेश आफ्नो ड्राइभरबाट बुझेपछि निर्माण अलपत्र परेको छ ।

    लहान क्याम्पसका निमित प्रमुख संजय चौधरीले सो बजेटको कार्यादेश लिन मन्त्रालयमा पुगेपछि चिठ्ठी सामाजिक विकास मन्त्रीका छोरा सुमितका ड्राइभरले बुझेको जवाफ पाएको बताए । मन्त्रालयबाट सक्कल कापी माँग गर्दा दिन नमिल्ने कर्मचारीहरुको भनाई उल्लेख गर्दै निमित्त प्रमुख चौधरीले भने, ‘यस भन्दा पहिलाका बजेटहरु क्याम्पस सञ्चालक समितिले चलाएको भए पनि यसपटक सुमितले उपभोक्ता समिति बनाउनुपर्ने बताएको र आफ्नो मान्छेहरुलाई राख्नुपर्ने अडान लिएका छन् । ’ निवर्तमान मन्त्री साहका छोराले अधिकांश योजनाहरु आफूखुशी चलाएको र त्यहाँ पनि आफ्नो अनुकूल गर्न चाहेको उनले आरोप लगाए । माघ २९ गते आफूहरुलाई छलफलको लागि बोलाइए पनि कुनै छलफल नभएको र पछि सदन चल्न थालेपछि अहिले सम्म सो बजेट क्याम्पसलाई अझै प्राप्त नभएको चौधरीले बताए ।

    ‘सामाजिक विकास मन्त्रालयको राजविराज स्थित कार्यालयका प्रमुख दुनियालाल यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्न पहल गरे पनि निवर्तमान मन्त्री साहका पुत्र सुमितले कुनै चासो लिएका छैनन्’ उनले भने, सो बजेट आफूले बनाउने उपभोक्ता समितिबाट नै खर्च हुनुपर्ने उनको अडान छ । क्याम्पसको रकम निवर्तमान मन्त्री साहका छोराले अग्रिम कमिसनको माग गर्दै कार्यादेश रोकेको आरोप एमालेका सभासद राजेन्द्र प्रसाद चौधरीले प्रदेश सभाको बैठकमा लगाएका हुन् । कमिसनकै लागि कार्यादेश रोकिएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले तत्काल कारबाही अगाडि बढाउनुपर्ने माग गरे ।

    सामाजिक विकास मन्त्रालयको कतिपय योजनाहरुको अग्रिम कमिसन सम्बन्धित पक्षले नबुझाएको कारण कार्यादेश साहले नै रोकेको आरोप छ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको कारण गन्हाएको आरोप प्रदेश सभाको बैठकमा लाग्ने गरेको छ । रातो किताबमा उल्लेख भएका सबै योजनाको कार्यादेश जारी भइसके पनि सम्बन्धित पक्षको हातमा परेको छैन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयवाट छुट्टयाइएको अधिकांश बजेट सुमितले नै चलाएको विगतमा पनि आरोप लागेको थियो । निवर्तमान मन्त्री साह सप्तरी १ बाट प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरिरहेकै बेला सुमितले सो मन्त्रालय अन्तरगतका अधिकांश योजनाहरुको कार्यादेश ड्राइभर देखि आफ्ना आसेपासेको नाममा बुझेका छन् । सबैसंग बार्गेनिङ्ग गरिरहेका छन् तर, कुरा नमिलेका कारण सो बजेटहरु कार्यान्वयन हुन ढिला भइरहेको मन्त्रालय स्रोतले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑