• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एक दिन मैले जे भोगेँ

  • वीरगंज संजाल
  • Feb 22, 2023, 12:38 pm
  • १०६१

    हिजोको दिन मैले मेरो जीवनमा कहिल्यै पनि आइनलागेको घटनाको सामना गर्नुपर्‍यो । जुन मेरो लागि उदेकलाग्दो एउटा अविष्मरणिय क्षण बन्न पुगेको छ । सायद मेरो समय खराब चलिरहेको हुनुपर्छ । हामी पि के क्याम्पसमा जनयुद्ध दिवसको कार्यक्रम सकेर घर फर्किनका लागि बागबजारस्थित भक्तपुर बसपार्क जाँदै थियौँ।

    म, नानी र पि केकै एक जना बहिनी। नानिलाई अलिक सन्चो थिएन । नानी बाटोभरी नै ‘यो किन्दिनु, त्यो किन्दिनु’ भन्दै झगडा गरिरहेकी थिइन्। त्यहाँ बसपार्क आइपुगेपछि किराना पसलमा नानीलाई केही किन्दिउँ भनेर हामी गयौँ। त्यहाँबाट एउटा जुस लिनै मात्र लाग्या थिएँ, पछाडिबाट एउटा मान्छे करायो, ‘ओए बाटो छोड् ।’ यसो पछाडि फर्केर हेरेँ । नचिनेको, कहिल्यै नदेखेको मान्छे । को मान्छे होला यो भनेर सोच्दै मात्र थिएँ । उसले ‘ओए बाटो छोड् भनेको सुनिनस् ।’ भन्दै भवाक्कै हान्यो मलाई।

    म भुईंमा बजारिएँ । मोबाइल पर बाटोतिर उछिट्यो । नानी त्यो देखेर एकदमै डराएर रोईन् । बहिनीले उसलाई बोकेर अलिक पर लगिछिन्। हत्तपत्त म उठेँ । कसैले बहिनी तपाईंको मोबाइल लिनु भनेर दियो । मैले त्यो मान्छेलाई ‘को हो तँ हँ ?’ भनेर लात्तीले हान्न खोजेँ । तर, सायद मैले उसलाई हान्न नपाइ नै उसले मलाई भुईंमा बजार्यो र लात्तीले धेरै पटक हान्यो।

    मलाई अझैसम्म थाहा छैन कि उसले मलाई कहाँ-कहाँ के ले कुट्यो भनेर । म त्यो सब देखेर अचेत जस्तो भएछु । म माथि यो के भइरहेको छ भन्ने नि मलाई थाहा भएन।

    त्यहा सयौं मान्छे हिँडिरहेका थिए तर, पनि कसैले के भयो भनेर मलाई बचाउन आएनन्। त्यो घटना एक्कासि भयो । त्यही भएर पनि होला त्यहा के हुँदैछ भन्ने मान्छेले बुझेनन् होला सायद। एकै मिनेटपछि म उठेँ । नानी कता छिन् भनेर हेरेँ । बहिनीले अलिक पर बोकेर बसेकी रहिछ्न् । मैले नानी दिदीसँग बस है । मामु यहिँ छु भनेँ र, कतै नहेरी पुलिसलाई फोन गरेँ । म एकदम कापिँरहेको थिएँ । त्यो कुट्ने मान्छे को हो, कहाँ गयो, किन कुट्यो, केही थाहा थिएन मलाई। त्यसपछि घरमा फोन गरेँ, बहिनीले मेरा साथीहरुलाई पनि फोन गरेर बोलाइदिछिन्।

    त्यसपछि मैले त्यो पसलको मान्छेलाई यो मान्छे को हो दाइ ? भनेर सोध्दा यतै सडकमै बस्ने/खाने मान्छे हो भन्नुभयो । जाँड खाएको रहेछ त्यसले, अझ भनौँ होस्मै रहेनछ। त्यो घटना भएको ५ मिनेटजति पछि मात्र मलाई १/२ जना मान्छे आएर के भको बैनी भनेर सोध्नुभयो। मैले दाइ म गाडी चढ्न याँ आको हो, नानीले जुस किनि मागिन् र, त्यहाँ पसलमा किन्दै गर्दा त्यो मान्छे आएर एक्कासि कुट्यो भनेँ। त्यसपछि १/२ जना मान्छे त्यो को हो, कहाँ छ भन्दै हेर्न थाले। मैले त्यही पसलको दाईलाई कहाँ छ त्यो मान्छे ? भनेर सोध्दा त्यहाँ पर छ भनेर देखाउनुभयो। त्यहाँ धेरै मान्छे जम्मा भएका थिए । त्यो मान्छे यता-उता लर्बराउँदै थियो।

    त्यति देख्नेबित्तिकै कसैले मलाई ‘बहिनी तपाईं अलिक पर गएर लुक्नु, त्यो मान्छे रड लिएर आउँदैछ कुट्न भन्यो ।’ अर्को मान्छेले बहिनी तपाईंलाई चक्कुले हान्न सक्छ भन्यो । मलाई त्यो सुन्दा यति डर लाग्यो कि म शब्दमा व्यक्त गर्न सक्दिनँ। म सानैदेखि स्वभावमा झवाँक्की, कसैसँग नडराउने मान्छे । मलाई कहिल्यै मान्छेसँग डर नै नलाग्ने । जति बेला राती भएपनि । जस्तो अवस्थामा पनि हिँड्ने । अझ भनौँ, कुनैदिन म यसरी मान्छेसँग डराउनुपर्ला भन्ने नसोचेको । मलाई लाग्थ्यो मान्छेले नै मलाई हानी गर्ला र, कसैले एक शब्द नराम्रो बोल्दा पनि म जवाफ फर्काउने, प्रतिरोध गर्ने मान्छे ।

    मलाई कसैले छोयो भने त त्यसलाई म कहाँ बाँकी राख्छु होला र भन्ने मान्छे । तर, त्योबेला मलाई एकदमै डर लाग्यो । म एकदम निरीह भएँ, मैले आफूलाई त्यो भन्दा अघि त्यति कमजोर महसुस कहिल्यै गरेको थिइनँ। अझैसम्म त्यो घटना सम्झिँदा मलाई गाह्रो हुन्छ। छोरीसँगै भएर पनि होला, त्यो घटना छोरीले देख्दा उसको बाल मानसपटलमा कस्तो प्रभाव पर्ला । उसलाई त्यहाँ लागेको भए के हुन्थ्यो ? भन्ने कुराले बढी डर लाग्यो मलाई। त्यसपछि बहिनी र म नजिकैको टेलर्स मा गएर लुक्यौँ । त्यहाँको दाइले ‘हामी छौँ, तपाईंहरु लुक्नु पर्दैन, कुर्सीमा बस्नु, पानी खानु भन्नुभयो ।’ तर, मलाई त्यही आएर त्यो मान्छेले फेरि केही गर्ला कि भनेर एकदम डर लाग्यो र लुकिरहेँ।

    त्यस अवधिमा पुलिसलाई ३/४ पल्ट फोन हानी सकेकी थिएँ, पुलिस आउनै धेरै बेर लाग्यो। पुलिसले ‘हामी बाहिर छौँ, तपाईं कता ?’ भनेर फोन गरेपछि मात्र म बाहिर निस्केँ । उहाँहरुले को मान्छे हो त्यो ? भनेर सोध्नुभयो र खोज्न थाल्यौँ हामी । त्यो मान्छेलाई मेरो साथीहरुले सोधपुछ गरी नै राख्नु भएको रहेछ। त्यो मान्छे यतिसम्म अराजक कि पुलिसकै अघि अपशब्द बोलेर तपाईंलाई कुट्छु र मार्छु भन्न नछाड्ने। हामिलाई त्यही हानौँला झैँ गरेर झम्टिने। त्यत्रो हुँदा पनि पुलिस चाहिँ मौन नै थिए । उनीहरुले हामिले केही गर्न मिल्दैन भने।

    त्यसपछि मैले यो विरुद्ध उजुरी दिन्छु भनेपछि त्यसलाई गाडीमा हालेर पुलिस चौकी लगियो, हामी सबै गयौँ । निवेदन दिएँ मैले र, भोलि जाहेरी दिन आउनु भनेर त्यहाँको काम सकियो।

    त्यहाँ पुलिस चौकीमा पनि कसैले घटनाको विवरण सुनाउँदा ‘सिरियस’ रुपमा नलिने, केही सोध्दा झर्किने, एकछिन बस्नु न भनेर पर्खाउने, त्यसै पनि पीडितलाई गाह्रो भएको बेला त्यहाँको माहोलले झनै गाह्रो बनाइदिने। त्योबेला मैले के महसुस गरेँ भने पीडितलाई सहजीकरण गर्दिने काम चाहिँ सायद कसैले नगर्ने रहेछन्। त्यो घटनाले रात भर म निदाउन सकिनँ ।

    आँखा चिम्म गर्दा पनि त्यो मान्छे मेरो अगाडि आउने । त्यो घटनास्थलमा मेरो ज्यानै पनि जान सक्थ्यो । नानीलाई लाग्न सक्थ्यो । त्यत्रो भीडभाडमा त्यसरी बाटो हिँडिरहँदा पनि के भएको होला यस्तो भनेर रातभर सुत्न सकिनँ म। शारीरिक पीडा त छँदै थियो, मानसिक पीडाले धेरै गाह्रो बनायो। आज बिहान १० बजे म प्रहरी चौकी गएँ, जाहेरी दिन । त्यो मान्छेलाई मेरो अगाडि ल्याउनुभयो । त्यो मान्छे छेउमा आउँदै मलाई एकदम डर लागेजस्तो भयो । त्यसलाई धेरै थोक सोध्दा पनि केही नबोल्ने । मान्छे अझै होसमा नभए जस्तो, लर्बराउने थियो।

    धेरै सोधपुछ गरेपछि घर, आफूले रक्सी खाएको र यहाँ बस्छु भनेर चाहिँ भन्यो। त्यति भएपछि मान्छे पागल चाहिँ हेइन रछ भन्ने थाहा भयो। एकैछिनमा हिजो त्यही घटनास्थलमा देखेको एउटा केटा जो चाहिँ त्यसको साथी रहेछ, त्यो त्यहाँ आयो। प्रहरी समक्ष त्यो त पागल हो, मैले भात खान दिएर राखेको छु भन्दै घटनालाई तोडमोड गर्न तर्फ लाग्यो । सँगै एक जना मोटो दाइ हुनुहुन्थ्यो, जो चाहिँ प्रहरी बसेको कुर्सीमा गइ के हो हँ भन्दै थर्काउँदै बस्नुभयो। स्थिति एकदम अचम्म लाग्दो के। मैले त्यो भाईलाई जे हो कुरा, त्यही हो तपाईं बोलेर केही काम छैन ।

    जे- जे हुन्छ । मुद्दा दर्ता गरेपछि हुन्छ भनेर त्यहाँबाट फर्काएँ। र, प्रहरीकै अनुसार अभद्र व्यवहार कसुरमा जाहेरी दर्ता गराएँ। दर्ता गर्दिन बस्नुभएको महिला प्रहरीले ३/४ पल्ट अगाडि मलाई थर्काइसक्नुभएको थियो। मैले घटनाको विवरण सुनाउँदा वा यस्तो भएको थियो भन्दै गर्दा पनि वहाँले भयो तपाईं नबोल्नु भन्दै रोक्नुहुन्थ्यो । मैले छिटो गर्दिनुस् म्याम मेरो बालख बिरामी छोरी छाडेर आएको छु । म आफैँ पनि हस्पिटल जानूछ । मलाइ एकदम गाह्रो भैसक्यो के भनेको थिएँ । उहाँले त म तपाईंको जाहेरी दर्ता नै गर्दिन्न । तपाईं कति बोल्नुहुन्छ ।

    लु गर्नुस् के-के गर्नुहुन्छ । धेरै बोल्नुभयो भने तपाईंलाई म थुनामा राख्छु भन्नुभयो। एकै मिनेटमा उहाँले मलाई पक्राउ नै गर्नुहोला जस्तो गर्नुभयो। मैले त म्याम भनेर सम्बोधन गरेरै तपाईं मेरो काम चाहिँ छिटो गर्दिनुस् मात्र भनेको थिएँ। पछि एकजना सरले चाहिँ बहिनी छाडिदिनुस, बहस नगरौँ तपाईंहरु जानुस भनेर मिल्ने कुरा गर्नुभयो। उहाँ चाहिँ अलिक संयम हुनुहुँदो रहेछ। कम्तिमा प्रहरी, जो हामी जस्तो मान्छेको सेवक भएर बसेको छ, त्यसले कसरी बोल्नुपर्ने हो भन्ने थाहा रहेछ।

    त्यतिबेला यस्तो लाग्यो म जत्तिको पढेलेखेको अलि-अली कुरा बुझ्ने मान्छेलाई सामान्य जाहेरी दिन त यति धौ-धौ पर्यो । अरु सामान्य मान्छे, जसलाई नियम कानून केही थाहा छैन, जसको बोलिदिने कोहि छैन, त्यसलाई कति गाह्रो होला भन्ने लाग्यो। फेरि पनि यति भन्छु पीडित मान्छे जो प्रहरी कहाँ पुग्छ, त्यसलाई प्रहरीले सहजीकरण गर्नुको साटो उल्टै तनाव दिने रहेछन् । उनीहरुले दिनमा हजारौं घटना फेस गर्दै आएकाले होला उनीहरुलाई सबै सामान्य लाग्दो रहेछ, तर हामिलाई घटना सामान्य हैन भन्ने लाग्यो।

    एउटा मान्छेको ज्यान त्यहाँ जान सक्थ्यो। त्यो कसरी सामान्य हुन सक्थ्यो र। १०० जना जति मान्छे त्यहीँ भएको ठाउँमा त्यो मान्छेले मलाई भकाभकी हान्दै थियो तर, त्यहाँ के भयो भनेर छुट्याउन कोही आएनन् । त्यस्तो घटना कसरी सामान्य हुन्थ्यो र। यसरी मेरो जीवनमा हिजोको दिन यस्तोसम्म हुन गयो। घर परिवारलाई सुनाउँदा सातो गयो उहाँहरुको। अझ कसैले त हिँडदा आफू संयम भएर हिँड्नुपर्ने पनि भन्न भ्याए । मैले यी सबै कुरा सामान्य रुपमा लिएँ। कानून अनुसार जाहेरी दिएर आएँ र अब आउने दिनमा पनि कानून बमोजिम लडाइँ गर्नेछु।

    त्यहाँ सकेर दिनभरी सिभिल हस्पिटलमा सामान्य ‘टेस्ट’ गराएँ । देखिने चोट १/२ ठाउँमा मात्र छ, सबै बाहिरी रिपोर्ट सामान्य नै देखिएको छ। मलाई शरीर चाहिँ एकदम नै दु:खेको र सामान्य ज्वरो आए जस्तो भएको छ। त्यो भन्दा बढी मानसिक पीडा भएको छ, जुन सायदै कहिल्यै ठीक नहोला कि !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑