• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालाजु घटना : दुईजना डिएसपीलाई कारबाही गर्न सिफारिस

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७९, सोमबार २३:३८
  • १३२९

    काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बिचमा भएको झडपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । डिआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले रातोपाटीलाई बताए ।

    फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुई जना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

    उपत्यका प्रहरी कार्यालयले घटनापछि डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । ‘प्रहरी नियमावली अनुसार दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ’ छानबिन समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका छन् ।’

    डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।

    प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । छानबिन समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले जानकारी दिए ।

    डिएसपीको बयान–‘थप मद्दत आएन’

    छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना सदस्य छन् । समितिले दुई जना डिएसपी सहितका प्रहरी कर्मचारीहरूसँग बयान लिएको छ । समितिसँगको बयानमा डिएसपी रविन विष्टले थप मद्दत समयमा नआएको जिकिर गरेका छन् । समितिका एकजना सदस्य भन्छन्–‘समयमा थप मद्दत नआएको डिएसपीको भनाई छ ।’

    काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले लागु गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । त्यस दिन यातायात मजदुर अगुवाहरु आफ्ना १० बुँदे माग र आन्दोलनको ‘स्वरुप’ आफ्ना मजदुरलाई जानकारी गराउने कार्यक्रमको आयोजना गर्दै थिए । नयाँ बसपार्क भित्र सो कार्यक्रम आयोजना गरिँदै थियो । तर, ल्होत्से बहुउद्देश्यिय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले सो कार्यक्रम गर्न नदिएपछि विवाद सुरु भयो । ल्होत्से बहुउद्देश्यिय प्रालिका कर्मचारीले मजदुरको व्यानर फालेपछि प्रदर्शनको अवस्था आएको छानबिन समितिको निष्कर्ष छ ।

    ‘ब्यानर फालेपछि होहल्ला हुँदै विवादले उग्र रुप लिएको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ–‘यातायात मजदुरका अगुवाहरूलाई प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीले बिजी मलमा छलफल गराएर समस्याको हल खोज्दै गर्दा मजदुरले गाडी तेर्स्याएर सडक अवरुद्ध गरेको देखिन्छ ।’

    प्रदर्शन सुरु हुन लाग्दा एकजना युवक हेलमेट नलगाईकन स्कुटर लिएर माछापोखरीबाट बसपार्क तिर आउन खोजे । आन्दोलनकारीले सो स्कुटरलाई रोके । यातायात मजदुरले स्कुटर चालकलाई कुटपिट गरेपछि प्रहरीले मजदुरलाई त्यहाँबाट हटाउन खोजेको थियो । छानबिन समितिको प्रतिवेदनमा भनिएको छ–‘अनि, प्रहरीमाथि ढुंगामुढा प्रहार भयो, आन्दोलन उग्र बन्यो ।’

    बालाजुको पुलबाट माछापोखरी तर्फ खटिएका दुई जना डिएसपीले फिल्डमा ‘व्यवस्थापकीय भूमिका निर्वाह गर्न नसकेको’ समितिको ठहर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑