• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    के आईफोन साँच्चै भाइसरमुक्त छ ?

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०७९, आईतवार १८:११
  • १३७७

    काठमाडौं । जब स्मार्टफोनको सुरक्षाको कुरा आउँछ, तब एन्ड्रोइडको तुलनामा आईओएस बढी सुरक्षित हुन्छ भन्ने मान्यता छ । वास्तवमा पनि एन्ड्रोइडको तुलनामा आईओएसमा मालवेयर इन्स्टल गर्न निकै गाह्रो छ । एपस्टोर बाहेक अन्य स्रोतबाट आईफोनमा मालिसियस प्रोग्राम इन्स्टल गर्न गाह्रो नै छ ।

    किनभने एप्पलले यसको अपरेटिङ सिस्टमको सुरक्षाको लागि धेरै काम गरेको छ । सामान्यतया आईओएसको तुलनामा एन्ड्रोइड डिभाइस बढी ह्याक पनि हुने गरेको छ । यसको अर्थ के आईफोन साँच्चै भाइरसमुक्त छ त ?

    आईओएसले डिभाइसलाई मालवेयरबाट कसरी जोगाउँछ ?

    सबैभन्दा पहिलो कुरा, एप्पलले आईओएसलाई यसरी डिजाइन गरेको छ कि, प्रयोगकर्ताले कम्पनीको एपस्टोरबाहेक अन्तबाट एपहरू डाउनलोड गर्न सक्दैनन् । एन्ड्रोइडमा, विन्डोजमा जस्तै, तपाईं जुनसुकै ठाउँबाट प्रोग्रामहरू इन्स्टल गर्न सक्नुहुन्छ । तर तपाईंले यसका लागि उच्च मूल्य तिर्नुपर्ने हुन्छ । किनभने यस्ता वेबसाइटहरू सबै भरपर्दो हुन्छ भन्ने हुँदैन ।

    यसबाहेक, एप्पलका सेन्सरहरूले म्यानुअल रूपमा प्रत्येक एपहरूमा भाइरस भए/नभएको जाँच पनि गर्छ । यदि एपको प्रोग्रामिङ कोडमा केही शंकास्पद कुरा फेला पर्‍याे भने एप्पलले आवेदन संशोधनको लागि फिर्ता गरिदिन्छ । त्यस्तै एप्पलले बारम्बार ओएस अपडेटहरू जारी गर्दछ ।

    यो आईओएसको अर्को प्रमुख फाइदा हो । यो महत्त्वपूर्ण छ, किनभने सबै डिभाइसहरूले एकैपटक यो अपडेट प्राप्त गर्दछ भने धेरैजसो प्रयोगकर्ताले पहिले नै प्राप्त गरेको हुन्छ । बेटा भर्सनको प्रयोगबाट पनि धेरै बगहरू अपडेट रिलिजभन्दा अगाडि नै समाधान भइसकेको हुन्छ ।

    त्यस्तै आईओएससँग स्यान्डबक्सिङ भनिने एउटा प्रवृत्ति छ । यसले प्रयोगकर्ताले प्रयोग गर्ने एप दिइएको अनुमतिभन्दा बाहिर गएर काम गर्न अनुमति दिँदैन । यसको अर्थ तपाईंले अनुमति दिएका फाइलहरूमा मात्र एपको पहुँच हुन्छ ।

    कहाँ गएर आईफोन असुरक्षित हुनसक्छ ?

    एप्पल टेक्नोलोजी सुरक्षाको हिसाबले उत्कृष्ट छ भन्ने तथ्यको बावजुद, त्यहाँ अझै पनि धेरै आक्रमणकारीहरूले आईफोनहरू संक्रमित गर्ने प्रयास गरिरहेका छन् । स्क्यामरहरूले डेटिङ साइट वा एपहरू तथा सोसल मिडियामा अनौपचारिक रुपमा प्रयोगकर्तालाई आक्रमण गर्ने प्रयास गरिरहेको हुन्छ ।

    आक्रमणकारीहरूले लगानी र व्यापार साझेदारी लगायतका प्रस्तावहरूको साथ ह्वाट्सएपमा अनियमित सन्देश अथवा विभिन्न मेल पनि पठाउँछन् । यस्ता विभिन्न फिशिङ आक्रमणबाट भने डिभाइस असुरक्षित हुनसक्छ । यो आफैंले निम्तो दिएको असुरक्षा हो । त्यसैले विभिन्न फिशिङ आक्रमणबारे बुझ्नु जरुरी छ ।

    जेलब्रेक नगर्नुहोस्

    औसत आईफोन प्रयोगकर्ताले उनीहरूको स्मार्टफोनमा भाइरस कहिल्यै देख्दैनन् । यदि उनीहरूले मालिसियस लिङ्कहरू खोल्दैनन् र शंकास्पद एपहरू डाउनलोड गर्दैनन् भने कुनै पनि प्रकारको भाइरसबाट आईफोन सुरक्षित हुन्छ । तर हामीले जेलब्रेकजस्ता कुराको बारेमा पनि बुझ्न जरुरी छ ।

    जेलब्रेक भनेको आईफोनले डिभाइसकाे सुरक्षाको लागि दिएको फिचरहरूभन्दा बाहिर गएर डिभाइसमा जथाभावी प्रयोग गर्न थाल्यो भने भाइरसलाई निम्तो हुनसक्छ । जेलब्रेकले तपाईंलाई आईओइसको प्रशासक अधिकारहरूमा पहुँच दिन्छ र तपाईंलाई सबै एप्पल सुरक्षा प्रतिबन्धहरू बाइपास गर्न अनुमति दिन्छ ।

    नतिजाको रूपमा, प्रयोगकर्ताले कुनै पनि स्रोतबाट एपहरू इन्स्टल गर्ने र इच्छा अनुसार प्रणाली परिवर्तन गर्ने अवसर पाउँछन् । यसले फाइदा भने ह्याकरलाई हुनसक्छ ।

    त्यसोभए के आईफोनमा एन्टिभाइरस चाहिन्छ ?

    आईफोनको लागि एन्टिभाइरस लगभग आवश्यक पर्दैन । एप्पलले पहिले नै तपाईंको यसको लागि धेरै कामहरू गरिसकेकाे छ । यसले गर्दा तपाईंले अतिरिक्त कामहरू गरिरहन जरुरी छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑