वीरगंज l जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ र नेपाल रजक सेवा समाज (बारा, पर्सा) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको रक्तदान कार्यक्रममा मन्तव्यको क्रममा भने रक्तदान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासीहरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने हाम्रो शरीरमा रहेको रगत तीन महिनामा खेर जान छ।
त्यहीभएर हामी प्रत्येक तीन महिनामा रगत दिन बानी बसालौ भन्नु भएको थियो। तपाईकाे एक पिन्ट रगतले कसैकाे अमुल्य जीवन सुरक्षित हुनसक्छ त्यसैले स्वस्थ र निराेगि व्यक्तिले ३/३ महिनामा एक पटक रक्त दान गराै बहुमुल्य पुन्य आर्जन गराै।उप- प्रमुख आलमले बताए।
२ महिला सहित ३६ जनाले रगतदान गरेका छन्।
कार्यक्रममा रक्त दाताहरु लाई वीरगंज महानगरपालिकाका-उप-प्रमुख तथा कार्यक्रम का प्रमुख अतिथि इम्तियाज आलमलको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ अध्यक्ष लवकुश कुमार बैठा,नेपाल रजक सेवा समाजका अध्यक्ष जठाशंकर बैठा,वडा प्रहरी कार्यालय विर्ताका प्रमुख बिदुर प्रसाद सिवाकोटी,वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता,लगायतको उपस्तिथी रहेको थियो।