• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी र पत्रकारबीचको परिचय

  • वीरगंज संजाल
  • २ फाल्गुन २०७९, मंगलवार ११:३३
  • २३८९

    राष्ट्रसेवक प्रहरी र पत्रकारबीच अन्योन्याश्रित सम्बन्ध छ । समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा पुलिस र पत्रकार एकअर्काका परिपूरक हुन् । फरक यत्ति हो सेना–प्रहरीको हतियार बन्दुक हो, पत्रकारको कलम । जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ आएका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले यहाँका पत्रकारहरुसित सामूहिक भेटघाट गरेका छन् । प्रहरी कार्यालय चितवनमा आज जिल्लाका क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरिएको हो ।

    सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता समेत रहेका नायब उपरीक्षक विजयराज पण्डित र प्रहरी अनुसन्धानका उत्कृष्ट निरीक्षक सुवास भट्ट पनि पत्रकारहरुसामु प्रस्तुत भएका थिए । प्रहरी निरीक्षक देवराज शर्माद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले प्रेस र प्रहरी अभिन्न अंग भएको बताउँदै भने, ‘तपाईं हामी एकअर्काको पर्याय हौं । नङ र मासु जस्तो सम्बन्ध हुन्छ ।’ प्रहरी कार्यमा पत्रकारहरुबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उनले भने, ‘हाम्रो कामलाई जनतासमक्ष पुर्‍याइदिनुहोस् । हाम्रा गल्ती कमजोरीहरु पनि औंल्याइदिनुहोस् ।’

    पूर्वी–पश्चिम चितवनतिर जुवातास, लागुऔषध, काठ तथा वन्यजन्तु सम्बन्धी अपराध अनि मध्यचितवनमा सवारी दुर्घटनाको जोखिम ज्यादा देखिएको प्रहरी उपरीक्षकको भनाइ छ । चितवन जिल्ला देशकै हब भएको र पूर्व–पश्चिमबाट यताउति आउजाउ गर्ने यही बाटो हुनाले यहाँ नसोचेका घटनाहरु पनि हुनसक्ने चुनौती रहेको एसपी बताउँछन् । ‘प्रविधिका कारण हिजोभन्दा आजका घटना पनि फरक छन्’, उनले थपे, ‘प्रविधिमैत्री पोलिसी बनाएर हामी अगाडि बढ्नेछौं ।’ प्रहरी सक्रियतामा पत्रकारले पनि उत्तिकै साथ दिन उनको आग्रह थियो ।

    बताइएअनुसार नेपालमै पहिलोपटक मापसे चेकिङको सुरुवात् बुटवलबाट कार्कीले नै गरेका हुन् । मापसे चेकिङ सुरु गरेपछि सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधा भन्दा बढी घटेको तथ्यांक पनि उनले सुनाए । नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भई आएका प्र.उ. कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा गत बिहीबारदेखि हाजिर भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑