बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागेको पञ्चवर्षीय विश्वप्रसिद्ध गढीमाई मेलामा
सिम्रौनगढ नगरपालिकाले निश्शुल्क सेवा शुरू गरेको छ । सिम्रौनगढ नपाका प्रमुख विजयशङ्कर यादवले आइतवार निश्शुल्क शिविरको उद्घाटन गर्दै सेवा सुचारु गरेका थिए । आजदेखि सञ्चालित शिविरमा मेला भर्न आएका भक्तजनहरूको लागि खाना, नास्ता, शौचालयसहित चिकित्सा र निश्शुल्क औषधिको व्यवस्था गरिएको छ ।उद्घाटन समारोहमा परमानन्द मुखिया, राजेश यादव, दामोदर जैसवाल, गुड्डु यादव, आयुर्वेद संयोजक जयनारायण यादव, सिम्रौनगढका स्वास्थ्य संयोजक राजेन्द्र साहसमेत वडाध्यक्षहरूको सहभागिता थियो ।