• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

  • वीरगंज संजाल
  • २६ माघ २०७९, बिहीबार १७:१४
  • २१७७

    वीरगंज । वीरगन्ज महानगरपालिकाले व्याक्तिको कब्जामा रहेको जग्गा अदालतले फैसला गरेको ८ वर्ष पछि मात्रै खाली गराउन सफल भएको छ ।सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरेको सार्वजनिक जग्गा भूमाफियाको कब्जाबाट छुटाउन पनि वीरगन्ज महानगरपालिकालाई ८ वर्ष समय लागेको हो । तत्कालिन नगरविकास समितिको नाममा रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर नम्वर ८ मा रहेको कित्ता नम्बर ६१ को १० धुर जग्गा , भूमाफियाको कब्जाबाट छुटाउन महानगरलाई झण्डै ८ वर्ष समय खर्चनु परेको हो ।जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतबाट २०७२ फागुन २ गते मै महानगरको पक्षमा फैसला आएको भए पनि भूमाफियाले कब्जा गरेको उक्त जग्गा महानगरले खाली गराउन सकेको थिएन । वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएर आएसँगै भूमाफिया र कर्मचारीको मिलेमतोमा कब्जा गरिएका सार्वजनिक जग्गा खोजी तथा खाली गराउने अभियान नै चलाइएको छ ।त्यहि अभियान अन्तर्गत सर्वोच्च अदालतले ८ वर्ष पहिले नै फैसला गरेको जग्गा अझै सम्म भूमाफियाले कब्जा गरेर राखेको भेटिएपछि बिहीबार बिहान मेयर आफैं डोजर लिएर खाली गराउन पुगेका थिए ।

    बिहीबार बिहान भूमाफियाले कब्जा गरि १० धुर जग्गामा बनाएको पक्की संरचना डोजर लगाएर हटाइएको छ । यसअघि पनि जग्गा खाली गराउन २ पटक नगरविकासको टोली पुगेको थियो । तर तत्कालिन महानगर नेतृत्वले सहयोग नगरेपछि त्यसबेला जग्गा खाली गराउन सकिएको थिएन । भूमाफियाले व्यक्तिको नाममा जग्गा हडपेको थाहा पाए पछि नगर विकासले २०५८ भदौ १० गते पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । तत्कालिन न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले २०६१ माघ २७ गते नगर विकासको पक्षमा फैसला गर्दै जग्गा नगर विकासकै रहेको ठहर गर्दै नगर विकासको पक्षमा नै फैसला दिएको थियो । तर जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै जग्गा धनी दावी गर्ने पवन कुमार शर्माले पुनरावेदन अदालतमा मुद्धा दायर गरेका थिए । तर पुनरावेदन अदालतले पनि २०६३ जेठ १८ मा जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै नगर विकासकै पक्षमा फैसला दिएको थियो ।मुद्धा चलिरहेकै बखत जग्गा धनी दावी गरेका पवन शर्माले नन्दकिशोर श्रीवास्तवलाई मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा नामसारी समेत गरिदिएका थिए ।पछि जिल्ला र पुनरावेदन अदालत दुवैको फैसला चित्त नबुझेको भन्दै पवन कुमार शर्मा र नन्दकिशोर श्रीवास्तवले फेरि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।तर सर्वोच्च अदालतले पनि २०७२ फागुन २ गते जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गर्दै नगर विकासकै पक्षमा फैसला दिए पछि जग्गा विवाद टुंगिएको थियो ।

    सर्वोच्चले गरेको फैसलामा भनिएको छ, ‘प्रतिबादी नन्दकिसोर श्रीवास्वतका नाउँ दर्ताको कि.नं.२३९ को हाल कायमी कि.नं.६१ को क्षे.फ.०–०–१६ मध्ये पश्चिम तर्फको ०–०–१० जग्गाको वादी दावी बमोजिम लिखत दर्ता बदर हुने ठहर्याई शुरु पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत हेटौँडाको मिति २०६३÷२÷१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्धाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ।’ सर्वोच्चको फैसलासँगै नगर विकासले आफ्नो नाउँमा लालपुर्जा समेत बनाइसकेको छ । तर जग्गा कब्जा गरेर बनेका संरचना हटाउन भने नसकि रहेको नगर विकासले अहिलेका मेयर सिंहको सक्रियतामा बिहीबार हटाउन सफल भएको हो । पहिले स्वायत्त रहेको नगर विकास अहिले भने महानगरकै शाखाको रुपमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑