• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्यार्थीलाई एसईईको चिन्ता : अङ्ग्रेजी एक पाना पनि पढाइ भएको छैन

  • वीरगंज संजाल
  • २६ माघ २०७९, बिहीबार १२:०८
  • १७१३

    धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ। पढाइ प्रभावित भएपछि डेढ महिनापछि एसईई परीक्षा दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थी चिन्तामा परेका छन्। विद्यालयमा गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाउने शिक्षक छैनन्। शिक्षक अभावमा महत्वपूर्ण विषयको पढाइ नहुँदा एसईईमा कस्तो परिणाम आउने हो भनेर विद्यार्थी चिन्तित भएका हुन्। गत साउन महिनादेखि तीनवटा विषय पढाइ नभएको विद्यार्थीको भनाइ छ। एसईई परीक्षा नजिक आइसक्दा पनि शिक्षक आउने छाँटकाँट नदेखेपछि कक्षा १० का विद्यार्थीले शिक्षक माग गर्दै आइतबार प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रेका विद्यार्थीले वडा नं. १ को वडा कार्यालय तोडफोड गर्दै गाउँकै बाटोमा टायर बालेर प्रधानाध्यापक तथा जनप्रतिनिधिविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए।

    शिक्षक अभावमा पढाइ प्रभावित भइरहेको सबै पक्षलाई जानकारी हुँदाहुँदै पनि विषयगत शिक्षक राख्नुपर्नेमा कसैले चासो नदेखाएकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको कक्षा १० का विद्यार्थी सम्पत कुशवाहाले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म अङ्ग्रेजी विषयको एउटा पाना पनि पल्टाएर शिक्षकले पढाउनुभएको छैन। एसईई दिने बेला आइसक्यो। परीक्षामा के लेख्नु ? चिन्ता लागिरहन्छ।” सोही कक्षाका छात्रा अनिशा सिंहले भन्नुभयो, “एसईईमा राम्रो परिणाम ल्याउन सके मात्र सोचेअनुसार अगाडि पढ्न पाइन्छ तर, यहाँ हाम्रो भविष्यसँग खेलवाड हुँदैछ।” उहाँले विषयगत पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको गुनासो गर्नुभयो। विद्यालयका प्रधानाध्यापक श्याम सिंहले यसअघि मावि तहमा अङ्ग्रेजी विषय पढाउने शिक्षक सरुवा भएर गएपछि विद्यार्थीको पढाइमा समस्या भएको स्वीकार गर्नुभयो।

    मावि तहमा पढाउने उहाँ एक मात्र दरबन्दीका शिक्षक हुनुहुन्थ्यो। उहाँको ठाउँमा अर्को शिक्षक आउनुभएको छैन। शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाको शिक्षा शाखासँग समन्वय भइरहेको उहाँले बताउनुभयो। शिक्षा शाखाबाट सङ्घीय अनुदान कोटामा दुई जना शिक्षक उपलब्ध गराउने आश्वासन पाएको बताउँदै प्रधानाध्यापक सिंहले त्यसका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पूरा हुने बित्तिकै शिक्षक आउने भन्नुभयो। अहिले मावि तहमा पढाउने विद्यालयको निजी स्रोतबाट नियुक्त गरिएको एक जना मात्र विज्ञान विषयका शिक्षक छन्। अरू विषय निमावि तहका शिक्षकहरूले नै पढाउने गरेका छन्। विद्यालयमा चार सय ४७७ जना विद्यार्थी छन्। जसमध्ये कक्षा १० मा ९३ जना विद्यार्थी रहेको प्रधानाध्यापक सिंहले जानकारी दिनुभयो। बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको प्रतिवेदन विद्यालयले नपठाएकाले शिक्षक पठाउन कानुनी समस्या भएको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑