• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खाद्यान्नको मूल्य नीति नहुँदा व्यापारी र बिचौलियाबाट ठगिन्छन् उपभोक्ता

  • वीरगंज संजाल
  • २५ माघ २०७९, बुधबार १५:३९
  • १७०९

    काठमाडौं– नेपालमा खाद्यान्नको बजार-भाउ छिटो-छिटो घट्ने र बढ्ने भइरहन्छ। सरकारले मूल्य नीति नल्याउँदा यसरी बजार मूल्य घटबढ हुने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन्।

    सरकारले मूल्य नीति नल्याउँदा व्यापारी र बिचौलियाले आफूखुसी मूल्य राखेर उपभोक्तालाई ठगिरहेको उनीहरुको आरोप छ। सरकारले खाद्यान्नको मूल्य नीति नल्याउँदा उपभोक्ता महँगीको मारमा परेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले बताए।

    ‘मूल्य नीति नहुँदा व्यापारीहरुले मनपरी मूल्य राखेर बिक्री गर्दा कालोबजारी बढेको छ। यसरी मूल्य बढ्दा उपभोक्ता दिनहुँ मारमा परिरहेका छन्। अहिले बजार अनुगमनप्रति सरकारका मातहतका निकाय मौन छन्। यसप्रति सरकारको ध्यान जाओस्,’ उनले भने।

    त्यस्तै सरकारले केही सीमित खाद्य सामग्रीको मात्र मूल्य निर्धारण गर्ने गरेको र खुला बजारमा व्यापारीहरुले आफूखुसी उचित मूल्य राखेर व्यापार–व्यवसाय गर्न पाउने व्यवस्था रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्।

    ‘सरकारले सबै खाद्यान्नको मूल्य निर्धारण गर्ने व्यवस्था छैन। चिनी, नुन, धान लगायतका वस्तुको मूल्य निर्धारण सरकारले गरिदिन्छ। यसले गर्दा व्यापारीहरुले आफूखुसी मूल्य राख्छन्। उनीहरुले मूल्य राख्ने क्रममा नियम विपरीत मूल्य राखेर बिक्री गरेको पाइयो भने उजुरीका अधारमा वा अनुगमनका आधारमा हामीले त्यस्ता व्यवसायीलाई कारबाही गर्छौं,’ उनले भने।

    यतिबेला बजारमा विभिन्न खाद्यान्नको मूल्य घटेको छ। दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, तेल लगायतका खाद्यान्नको खुद्रा मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ। तर खुद्रा व्यापारीहरुले मूल्य घटे पनि पुरानै मूल्यमा बिक्री गरिरहेको उपभोक्ताको गुनासो छ।

    ‘यो खाद्यान्नको मूल्य घट्ने–बढ्ने भइरहन्छ। केही समयका लागि घटेको छ। फेरि बढ्दैछ। होलसेलवालाले बढाउने बित्तिकै खुद्रा मूल्य बढ्छ,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने।

    चामलको मूल्य घट्यो
    पुसको दोस्रो साता र माघको पहिलो साता त्रिशुलीको पोखरेली चामल प्रतिकेजी ९५ रुपैयाँमा बिक्री भइरहेको थियो। माघको दोस्रो सातामा आइपुग्दा उक्त चामलको मूल्य प्रतिकेजी पाँच रुपैयाँले घटेर ९० रुपैयाँमा आएको छ।

    सोही समयमा स्टिम जिरा मसिनो चामलमा प्रतिकेजी ८५ रुपैयाँ पथ्र्यो। माघको पहिलो साता उक्त चामल प्रतिकेजी पाँच रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको थियो। माघको दोस्रो साता आइपुग्दा उक्त चामलको मूल्यमा २० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ।

    ताइचिन चालमा भने प्रतिकेजीमा १० रुपैयाँ बढेको छ। पुसको दोस्रो साता र माघको पहिलो सातामा उक्त चामलको मूल्य प्रतिकेजी एक सय रुपैयाँ पथ्र्यो भने अहिले प्रतिकेजी ११० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ।

    चिउरामा पनि प्रतिकेजीमा पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। तराई ताइचिन चिउरा प्रतिकेजीमा ४० रुपैयाले घटेको छ।

    तर, खुद्रा पसलहरुमा चामलको मूल्य उही पुसको दोस्रो साताको मूल्य अनुसार बिक्री भइरहेको पाइएको छ। कालिमाटीको एक खुद्रा पसलमा त्रिशुलीको पोखरेली चामल प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भइरहेको छ। उक्त पसलमा स्टिम जिरा मसिनो चामल पुरानै मूल्य प्रतिकेजी ९० रुपैयाँमा बिक्री भइरहेको छ।

    त्यस्तै कुलेश्वरको एक किराना पसलमा पनि चामलको मूल्य पुरानै पाइएको छ। कलंकीका किराना पसलहरुमा पनि चामलको मूल्य उही पुरानै मूल्य पाइएको छ।

    दाल तथा गेडागुडीको मूल्य घट्यो
    दैनिक भान्सामा प्रयोग हुने दाल तथा गेगागुडीमा प्रतिकेजी पाँच रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म मूल्य घटेको छ। केहीमा बढेको पनि छ। केहीको मूल्य भने स्थिर रहेको देखिन्छ।

    मासको दाल पुसको दोस्रो साता प्रतिकेजी एक सय ९० रुपैयाँ थियो भने माघको दोस्रो साता २० रुपैयाँ घटेर प्रतिकेजी १७० पुगेको छ। त्यस्तै सोही अवधिमा कालो भटमास प्रतिकेजी २८० रुपैयाँ थियो। माघको दोस्रो साता उक्त भटमास प्रतिकेजी १२० रुपैयाँ घटेर प्रतिकेजी १६० रुपैयाँमा आएको छ। तर खुद्रा व्यापारीहरुले दाल तथा अन्य गेडागुडीको मूल्य घटे पनि पुरानै मूल्यमा बिक्री गरिरहेका छन्।

    अन्न, पिठो लगायतका खाद्यान्नको मूल्य घट्यो
    गहुँ, मकै तथा मकै–चामलको पिठो र बेसनको मूल्यमा पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म घटेको छ। पुसको दोस्रो साता र माघको पहिलो साता प्रतिकेजी ७० रुपैयाँ पर्ने गहुँ २५ रुपैयाँले घटेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ।

    पुसको दोस्रो साता प्रतिकेजी एक सय रुपैयाँ पर्ने सुजी माघको पहिलो साता १० रुपैयाँ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ। माघको दोस्रो सातमा आइपुग्दा ५० रुपैयाँले घटेर प्रतिकेजी ६० रुपैयाँ पुगेको छ।

    खाने तेल चिनीको मूल्य घट्यो
    चिनी र खाने तेलको खुद्रा मू्ल्य घटेको छ। माघ दोस्रो साता बजारमा खाने तेलको मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ।

    पुसको दोस्रो साता र माघको पहिलो साता चिनीको मूल्य प्रतिकेजी ९५ रुपैयाँ थियो। माघको दोस्रो सातामा आइपुग्दा चिनीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको छ।

    पुसको दोस्रो साता र माघको पहिलो साता नेपाली घ्यूको खुद्रा मूल्य प्रतिकेजी १२ सय रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिकेजी तीन सय रुपैयाँका दरले घटेको छ। उक्त घ्यूको अहिलेको खुद्रा मूल्य प्रतिकेजी ९ सय रुपैयाँ रहेको खुद्रा व्यापार संघले जनाएको छ।

    माघको पहिलो साता भुटेको तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर चार सय रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर ५० रुपैयाँले घटेर प्रतिलिटर तीन सय रुपैयाँ पुगेको छ।

    काँचो तोरीको तेल पनि माघको पहिलो साता प्रतिलिटर एक सय २० रुपैयाँले घटेर प्रतिलिटर दुई सय ४० रुपैयाँमा आएको छ। उक्त तेलको माघको पहिलो साताको खुद्रा मूल्य प्रतिलिटर तीन सय ६० रुपैयाँ थियो।

    भटमासको तेल र डाल्डा घ्यूमा पनि माघको पहिलो साताको खुद्रा मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटेको छ। माघको पहिलो साता भटमासको तेलको मूल्य प्रतिलिटर दुई सय ४० रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर दुई सय २० रुपैयाँ रहेको खुद्रा व्यापार संघको मूल्यसूचीमा उल्लेख छ।

    पुसको पहिलो साता डाल्डा घ्यूको मूल्य प्रतिलिटर ३३५ रुपैयाँ थियो। उक्त घ्यूको मूल्य माघको पहिलो साता प्रतिलिटर पाँच रुपैयाँले घटेर दुई सय ३० रुपैयाँ थियो। दोस्रो सातामा घटेर प्रतिलिटर दुई सय १० रुपैयाँ रहेको छ।

    पुसको दोस्रो सातामा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो। माघको पहिलो साता उक्त तेलको खुद्रा मूल्य पाँच रुपैयाँले बढेर प्रतिलिटर दुई सय ५५ रुपैयाँ थियो भने दोस्रो सातामा प्रतिलिटर दुई सय ४० रुपैयाँ रहेको छ। तर खुद्रा व्यापारीहरुले तेल तथा घ्यू घट्दा नघटाई पुरानै मूल्यमा बिक्री गरिरहेका छन्।

    एक महिनामा जिरामा ३८५ रुपैयाँ घट्यो
    पुसको दोस्रो साता जिराको मूल्य प्रतिकेजी ६१० रुपैयाँ थियो। माघको पहिलो सातामा उक्त जिराको मूल्य बढेर प्रतिकेजी ७५० रुपैयाँ पुगेको थियो। फेरि माघको दोस्रो सातामा आइपुग्दा फेरि ३८५ रुपैयाँ घटेर उक्त जिराको मूल्य प्रतिकेजी ३६५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको मूल्यसूचीमा देखिन्छ।

    गेडा धनियाँको मूल्य पनि घटेको देखिन्छ। पुसको दोस्रो सातादेखि माघको पहिलो सातासम्म उक्त धनियाँको मूल्य प्रतिकेजी ३४० रुपैयाँ खुद्रा व्यापार संघले तोकेको थियो। उक्त धनियाँको मूल्य माघको दोस्रो सातामा १४० रुपैयाँ घटेर प्रतिकेजी दुई सय रुपैयाँ रहेको खुद्रा व्यापार संघले जनाएको छ।

    त्यस्तै सोही अवधिमा बेसार जिरा पाउडर, धनियाँ पाउडर, खुर्सानी पाउडरको मूल्यमा ५० रुपैयाँसम्म मूल्य कम भएको देखिन्छ। कालो तिल र कैलो तिलको मूल्यमा ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। सेतो तिल, मेथी र ज्वानोको मूल्य भने स्थिर रहेको छ।

    तरकारी तथा फलफूलको मूल्य
    दैनिक भान्सामा अत्यधिक प्रयोग हुने तरकारी तथा फलफूलको मूल्यमा दैनिक घटबढ भइरहन्छ। थोक मूल्य बढ्दा खुद्रा व्यापारीहरुले पनि मूल्य बढाउँछन्। तर घट्दा नघटाउने र पुरानै मूल्यमा बिक्री गर्दा उपभोक्ता मारमा पर्ने गरेका छन्।

    पुसको दोस्रो साता रातो आलुको कालीमाटी तरकारी बजारको अघिकतम थोक मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो। उक्त आलु खुद्रा व्यापारीहरुले प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री गरेका थिए।

    उक्त आलुको मूल्य माघको पहिलो साता कालीमाटी तरकारी बजारको अधिकतम थोक मूल्य १४ रुपैयाँले घटेर प्रतिकेजी ३६ रुपैयाँ थियो तर खुद्रा व्यापारीहरुले पुरानै मूल्यमा बिक्री गरेको पाइयो।

    त्यस्तै माघको दोस्रो सातामा कालीमाटी तरकारी बजारमा थोक मूल्य अधिकतम प्रतिकेजी ३० रुपैयाँ तोकिएको छ। तर खुद्रा व्यापारीहरुले पुसको दोस्रो साताको मूल्य अनुसार नै बिक्री गरिरहेको पाइएको छ।

    तरकारी तथा फलफूलको मूल्य घटबढ हुनुमा मौसम, उत्पादन र भाडादरले फरक पार्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले बताए।

    ‘मौसम अनुसार फलफूल तथा तरकारीको मूल्य घटबढ हुन्छ। त्यस्तै उत्पादन बढ्दा मूल्य घट्छ। बजारमा माग बढी छ भने उत्पादन कम हुँदा मूल्यवृद्धि हुन्छ। यो निरन्तर चलिरहने प्रक्रिया हो। केही मात्रामा भाडादर बढ्दा पनि तरकारीको मूल्यवृद्धि हुन्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑