• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज विवाह पञ्चमी-१५ मंसिर २०७६, आइतवार

  • वीरगंज संजाल
  • १५ मंसिर २०७६, आईतवार ०६:०४
  • ४७८५

    त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।

    सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

    जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् ।

    त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

    यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

    यहि प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।

    आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

    २४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यीनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछी गएर वाल्मिकी ऋृषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलीत छ । रामायणका यीनै पंक्तिहरुलाई वाल्मिकी ऋृषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरु सुनेपछी रामले आफ्ना छोराहरुलाई ठम्याएका पनि हुन् ।

    सीताको अग्निपरीक्षापछी रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समूदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।सीता अनि रामका कहानी र कथनहरु शदियौं सम्म चलिरहोस् ।
    यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑