• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिविमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

  • वीरगंज संजाल
  • २० माघ २०७९, शुक्रबार १५:१६
  • १५४१

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यलय तथा निकायहरुमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ ।

    माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन एक गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युत्तीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । विद्युतीय हाजिरीको व्यवस्था विपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने निर्णयमा भनिएको छ।

    परिषदले त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीले तोकिएको समयमा इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गर्न गराउन निर्देशन दिएको छ । कामको प्रकृति अनुसार कुनै शिक्षक, कर्मचारीलाई इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गराउन नसकिने भनी नीज कार्यरत निकाय प्रमुखबाट यथार्थ प्रमाणको आधारमा प्रमाणित भई हाजिरी रजिष्ट्रारमा मात्र हाजिरी गराउनुपर्ने अवस्था रहेमा केन्द्रीय कार्यलयको हकमा रजिष्ट्रारको तथा अन्य निकायहरुको हकमा कार्य समिति कार्यन्वयन समितिको पूर्व स्वीकृति लिनुपर्ने छ ।

    आफ्नो क्याम्पस तथा कार्यालयमा हाजिरी भएको अवस्थामा शिक्षकहरूले सोही सिफ्टमा आफ्नै कार्यालयको अन्य काममा सहभागी हुन, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयले तोकेका परीक्षासम्बन्धी र अन्य विविध काममा संलग्न हुन, विश्वविद्यालयका अन्य निकायका प्राज्ञिक कार्यमा सहभागी हुन, अध्ययन अनुसन्धानसम्बन्धी कार्यमा संलग्न हुन, सेमिनार, गोष्ठी, कार्यशालाजस्ता प्राज्ञिक कार्यमा संलग्न हुन पाउनेछन्। तर, अन्य निजी तथा सार्वजनिक संस्थाका काममा पूर्व स्वीकृतिविना संलग्न हुन नपाउने व्यवस्था छ।

    तर परिषदले पदाधिकारीको हकमा भने पूर्ववत तरिकाबाटै पनि हाजिर गर्न पाउने निर्णय गरेको छ । हाजिरी सम्बन्धी थप व्यवस्थामा भनिएको छ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि कुलपतिबाट नियुक्त विश्वविद्यालयका पदाधिकारीहरुले हाजिरी पूर्ववत तरिकाबाटै वा ई–हाजिरीको माध्यमबाट गर्न सक्नेछन् ।’

    कस्ता शिक्षकले एक पटक र कस्ताले दुई पटक हाजिर गर्नुपर्ने ?

    परिषद्को निर्णय अनुसार अध्ययन संस्थान÷संकायमा अध्ययन अध्यापन कार्यमा संलग्न शिक्षकहरुले आफ्नो क्याम्पस/कार्यालयमा आफ्नो कक्षा भएको सिफट्मा दिनमा एकपटक हाजिरी गर्नुपर्नेछ । तर, वर्षे तथा हिउँदे बिदाको सट्टा घर विदा पाउने गरी तोकिएको कार्यालयमा पुरा समयमा कार्यरत शिक्षकहरुले भने आएको समय र गएको समय दुई पटक नै ई–हाजिरी गर्नुपर्नेछ । दुई पटक हाजिरी हाजिरी गर्नुपर्ने शिक्षक कर्मचारीले एकपटक मात्र गरेमा गयल भएको मानिनेछ ।

    कर्मचारीहरुले आएको समय र गएको समय जनिने गरी तोकिएको निकायमा दिनमा दुई पटक र सवाली चालक तथा दिनभर बारिह फिल्डमा खटिई कार्य गर्नुपर्ने शिक्षक/कर्मचारीहरुले केन्द्रिय कार्यालयको हकमा रजिष्टार तथा अन्य निकायको हकमा सम्बन्धित निकाय प्रमुखको पूर्व स्वीकृति लिई दिनमा एक पटक ई–हाजिरी गर्नुपर्नेछ ।

    हाजिरी मेसिनमा भएको खराबीका कारण कुनै दिन हाजिर गर्न नसकिने अवस्था भएमा त्यस्ता शिक्षक÷कर्मचारीहरुको हाजिरी सम्बन्धित निकाय प्रमुख÷कर्मचारी प्रशासन शाखा तथा शाखा प्रमुखले प्रमाणित गरी राख्नुपर्नेछ । ई–हाजिर भएको तर तोकिएको कक्षा नलिएको प्रमाणित भएमा निज शिक्षक अनुपस्थित भए सरह गणना हुनेछ ।

    परिषदले सरुवा र निलम्बनमा भएको शिक्षक/कर्मचारीको हकमा पनि निर्णय गरेको छ । शिक्षक/कर्मचारी सरुवा भई अर्को कार्यालयमा रमाना भएपश्चात साविकको कार्यालयको आजिर रोक्का राख्ने जनाएको छ ।

    निलम्बनमा शिक्षक/कर्मचारीको हकमा लागेको अभियोगबाट निजले सफाई पाई वा निजलाई निलम्बनमा राखिएको निलम्बन अवधि समाप्त भई हाजिर गराउने निर्णय भएपछि मात्रै हाजिर गर्न दिने भनिएको छ ।

    विश्वविद्यालयको सम्पूर्ण कार्यालयहरुको हाजिर सम्बन्धी अभिलेख सफ्ट कपी रजिष्ट्रारले तोकेबमोजिम हुने जनाएको छ ।

    यस अघि पनि गत भदौ ७ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्ने/गराउने निर्णय गरेको थियो ।

    सोही अनुसार सबैलाई निर्देशन समेत दिएको थियो । त्यसबेला प्राध्यापक संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेसासँग मेल नखाने भन्दै विरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑