• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    व्यासमा मोबाइल सेवा बन्द

  • वीरगंज संजाल
  • १९ माघ २०७९, बिहीबार ०९:५१
  • १३५७

    वीरगंज । आगलागीको कारण एक महिनादेखि अवरुद्ध दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु आसपासको मोबाइल सेवा अझै सञ्चालन हुन सकेको छैन । पुसमा आगलागीले लिंक टावरमा राखिएका ब्याट्री डाउन भएपछि मोबाइल सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम दार्चुलाले माघ पहिलो साता प्राविधिक पठाएर मोबाइल सेवा सञ्चालन गर्ने प्रयास गरे पनि हुन सकेको छैन । माघ ४ मा प्राविधिक कर्मचारी छाङरु पुगेर एक हप्ता टावर सञ्चालनको प्रयास गरेका थिए । ‘आगलागीबाट सोलार र ब्याट्री जोड्ने तारहरू जलेका थिए’, टेलिकम दार्चुलाका प्राविधिक दुर्गा बस्यालले भने, ‘तारहरू परिवर्तन गर्दा पनि ब्याट्री र सोलार कन्ट्रोलरले काम नगर्दा टावर सञ्चालन हुन सकेन ।’अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मात्र बसोबास छ ।

    कौवा र बसुन्धरा वन क्षेत्रबाट फैलिएको आगो ज्याक्ति टावरसम्म पुगेपछि टावरमा क्षति भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । कौवा र बसुन्धरा क्षेत्रमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । छाङरु गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको ज्याक्ति टावरमा तत्काल नयाँ ब्याट्री ढुवानी गर्न सम्भव नभएको टेलिकम दार्चुलाले जनाएको छ । ‘अहिले उक्त क्षेत्रमा बाक्लो हिमपात भएको हुनाले तत्काल ब्याट्री ढुवानी गर्न सकिने अवस्था छैन’ टेलिकम कार्यालयका प्राविधिक कर्मचारी बस्यालले भने ‘भारतीय बाटो भएर छाङरुसम्म र छाङरुबाट भरियामार्फत ढुवानी गर्नुपर्ने हुन्छ ।’ हिमपातले अत्यधिक चिसो भएको र ज्याक्ति टावर उच्च स्थानमा रहेकाले त्यहाँ पुग्नसमेत कठिन भएको बस्यालको भनाइ छ । छाङरुमा एक हप्ता कुरेर माघ ९ मा टेलिकमका प्राविधिक बस्याल सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई/दुई सुरक्षाकर्मीसहित ज्याक्ति टावरमा पुगेका थिए ।

    व्यासका स्थानीयको कुञ्चा सरेसँगै दुई महिनापछि ज्याक्तिको लिंक टावर मर्मत गरी सञ्चालनमा ल्याइने टेलिकम दार्चुलाले जनाएको छ । अहिले व्यासको छाङरुमा स्काई फोन र सशस्त्र प्रहरीको गुल्ममा भिस्याट प्रविधिको एनटिस्याट फोन सञ्चालनमा छ । मौसममा बदली भएपछि स्काई फोन सेवा बन्द हुन्छ । घाम लागेपछि उक्त सेवा सञ्चालन हुन्छ । हिमपात र चिसो छल्न व्यासका स्थानीय बासिन्दा भने अहिले सदरमुकाम खलंगा सरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑