वीरगञ्ज । बिल बिजकभन्दा बढीको सामग्री लोड एउटा भारतीय नम्बरको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । एकीकृत जाँच चौकी ९आइसीपी० बाट बिल बिजकभन्दा बढीको विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिकलगायतका मालबस्तुहरू बोकेको ट्याक्टर वीरगञ्जतर्फ आउँदै गरेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
वीरगञ्जतर्फ आइरहेको विआर०५जीसी १६५३ नम्बरको भारतीय ट्रयाक्टरलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बहुअरी सडकखण्डमा रोकेर जाँच गर्दा विल बिजक संकास्पद देखिएको थियो ।
प्रहरीले ट्रयाक्टरमा लोड सामग्री र ट्रयाक्टरको १८ लाख ४९ हजार ४४३ रुपैयाँ बराबरको मूल्याङ्कण गरेर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० निर्मल बुढाथोकीले जानकरी दिए ।