• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गढीमाई मेलामा खुल्याम अर्धनग्न नृत्य प्रदर्शन ,आर्केस्टा संचालनमा छुट दिन प्रहरी प्रशासनले लाखौं रकम खाएको आरोप

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०७:३२
  • ९६४३

    बारा | बिश्व प्रसिद्ध गढीमाई मेलामा प्रहरी प्रशासनकै संरक्षणमा आर्केस्टा तथा थिऐटरहरुमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । गढीमाई मेलाको मौलिकतालाई नै प्रभाव पार्ने गरी बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र्रमणी पोखरेल तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई मोटो रकम नजराना कटराएर नाङ्गो नृत्य देखाउँने प्रबन्ध मेला मुल व्यवस्थापन समितिले बन्दोवस्त मिलाएको छ ।

    मेलामा एक दर्जन भन्दा बढीको हाराहारी आर्केस्टा तथा थिऐटरहरु संचालनमा रहेको छ ।मेलाको बतावरणलाई विगार्ने गरी अश्लिल गित तथा नृत्य आर्केस्टा तथा थिऐटरहरुमा प्रदर्शन भइरहेको छ । एकान्तमा पनि सुन्न नसकिन्ने गीत खुल्याम रुपमा ठूला(ठूला लाउड स्पीकार मार्फत मेला भरी गुजिन थाले पछि मेला हेर्न आएका आम सर्वसधारण नै लज्जित हुने अवस्था आएको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।त्यता गित संगितका कारण खास गरी महिला तथा वालवालिकाहरु असहज भइरहेको छ । दर्शकलाई आशर्षित गर्नको लागि आर्केस्टा संचालकहरुले भित्र र वाहिर दुवै ठाउँमा लाउड स्पिकर तथा हर्न बजाएको छ ।

    त्यती मात्र होइन मेलामा नृत्य देखाउँन आएका कालाकारहरु दिउँसो तथा वेलुका फर्सदको समयमा देह व्यापारमा पनि समलग्न भइरहेको स्रोतको दावी छ । उनीहरुले गर्ने हरेक खाले क्रियाकलापको व्यवस्थापन मेला समितिले मिलाएको एक जना समिति कै पदाधिकारीले नाम नछाप्ने सर्तमा नेपाल पोष्ट डेलीलाई बताए । अधिकाशं आर्केस्टा तथा थिऐटरहरुमा मेला मुल व्यवस्थापन समितिकै पदाधिकारीहरुको लगानी रहेको स्रोतको दावी छ ।गढीमाई मेलालाई कमाउँनको लागि मात्र व्यवस्थापन गरिएको बरियारपुरवासीको भनाई रहेको छ ।

    यस भन्दा पहिलाको बर्षहरुमा पनि आर्केस्टाहरु आएको भए पनि अलि सभ्य कार्यक्रमहरु मात्र प्रस्तुत गर्न इजाज्त दिएको तथा उनीहरुको लागि मेला भन्दा अलि पर छुटै जग्गाको व्यवस्थापन गएको स्थानियहरुको भनाई रहेको छ । तर यस पटक मन्दिर छेवमै रेश्मा थिऐटरमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । मुख्य मन्दिर नजिक मात्र होइन । व्रह्म स्थानको नजिकै माँ वैष्णो देवीको प्रतिकात्मक मन्दिर छेवमा पुजा आर्केस्टा संचालनमा रहेको छ ।आर्केस्टा तथा थिऐटर संचालन हुने गरेको क्षेत्रको माहौल नै अश्लिल रहेको मेला आएका एक जना दर्शनार्थी सोहम कलवारले वताए ।

    नाङ्गो नृत्य अवेर राती शुरु भए पछि नृत्याङ्गनाहरुलाई प्रहरीले नै सुरक्षा दिने गरेको छ । उनीहरुलाई सुरक्षित गर्नको लागि स्टेजको वरिपरि पोखरी खनिएको तथा नाङ्गो तारमा बिद्युत समेत प्रवाह गर्ने गरिएको वताइएको छ । हरेक राती आर्केस्टा तथा थिऐटरहरुमा मारपिट तथा झै झगडा हुने गरेको छ । अवस्था विग्रे पछि प्रहरीले लाठी चार्ज गरी अवस्था समान्य पार्ने गरेको छ ।आर्केस्टा संचालकहरुका अनुसार सम्पूर्ण सुरक्षाको जिम्मेवारी स्थानिय प्रशासनले लिएको छ । त्यती मात्र होइन मेला हेर्न आउँने दर्शनार्थीको सुरक्षा भन्दा पनि बढी चिन्ता प्रहरीलाई आर्केस्टाको रहेको छ ।

    रात परे पछि प्रहरीहरु सुरक्षा दिनु पर्ने भन्दै मेलाको सम्पूर्ण सुरक्षालाई लत्याएर आर्केस्टा तथा थिऐटरहरुमा हुने गरेको नृत्य हेर्नमै व्यवस्थ रहने गरेका छन् । आर्केस्टा तथा थिऐटरकै कारण रात परे पछि बजारमा प्रहरीको उपस्थिती न्युन हुने गरेको छ ।अन्य कार्यक्रममा वारामा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय नै आर्केस्टा नृत्यमा रोक लगाएको भए पनि मेला अवधि भरीका लागि माल खाएर छुट दिएको छ । मेलामा पुजा एण्ड सन्नी थिऐटर,राज थिऐटर,रेश्मा एण्ड करिसमा थियेटर,न्यु धमाल आर्केष्टा थिऐटर,राजधानी आर्केष्टा ग्रुप,राज आर्केस्टा लगायतको सना तथा ठूला गरी भारतको युपी देखि बगांल सम्मको एक दर्जन भन्दा बढीको संख्यामा आर्केस्टा तथा थिऐटर ग्रुपहरु आएका छन् ।वाराका प्रहरी प्रमुख विकाशराज खनालले मेलामा मनोरञ्जनको लागि मेला समितिको अनुरोधमा सभ्य कार्यक्रमहरु गर्न दिएको भए पनि अश्लिल तथा भल्गर गित संगित बजाउन नृत्य प्रदर्शन गर्न छुट नदिएको दावी गरेका छन् । उनले मेलाको वातावरण बिगार्ने प्रयास कहिकतैबाट भए सह्य नहुने बताउनु भयो ।

    मेला मुल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाका अनुसार वाहिरबाट आएका आन्तुकहरुको सहजतालाई ध्यानमा राखेर सभ्य किसिमको कार्यक्रम गर्न व्यवस्थापन गरिएको छ । राती वास स्थानको अभाव हुने भएको कारण वाहिरबाट आएका दर्शनार्थीहरु आर्केस्टा तथा थिऐटरमै मनोरञ्जन गरी समय बिताउँने गरेको तथा सोही पंडालमा रात काटने गरेकोले यसलाई सकारात्मक रुपमा लिनु पर्ने महासचिव कुशवाहाको भनाई छ ।आर्केस्टा तथा थिऐटरमा मेला समितिको कुनै पदाधिकारीहरुको लगानी नरहेको उनले दावी गरेका छन् । यता वाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले अश्लिल गित संगित बजाउँन तथा मेलाको वातावरणलाई विगार्न कसैलाई अधिकार नभएको वातउँदै वाहिर लगाइएको आर्केस्टा तथा थिऐटरहरुको लाउड स्पिकर हटाउँन लागाउँने वातउँनु भयो । उनले हल्का मनोरञ्जनको कार्यक्रम दिन छुट दिएको भए पनि असभ्य गतिबिधि भए रोक लगाइने वताउनु भयो । खुल्याम रक्सी पसल तथा आर्केस्टा संचालनले मेलाको साखलाई नै गिराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑